सेयर दलालको प्राथमिकतामा परेन बैंकलाई ब्रोकर लाइसेन्स, नेप्से प्रमुखलाई भेटेर के भने ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 12, 2017 | 06:11:48 PM मा प्रकाशित

laxmi  sunrise bank

स्टक ब्रोकर एशोसिएसनका कार्यसमितिका पदाधिकारीहरुले नेपाल स्टक एक्सचेन्ज, नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाइ भेटेर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।  

बधाई तथा शुभकामना दिन नेप्से प्रमुखको कार्यकक्ष पुगेका ब्रोकर एशोसिएसनका कार्यसमितिका पदाधिकारीहरुले पुंजीबजारको बिकास तथा बिस्तारमा आवश्यक बिगतमा थाति रहेका महत्त्वपूर्ण कार्यहरु यथाशिघ्र सम्पन्न गर्न नेप्सेका नवनियुक्त सीईओ साउदको ध्यानाकर्षण गरेको छ।

ब्रोकर एशोसिएसनले पुंजीबजारमा तत्काल अनलाइन ट्रेडिङ कार्यन्वयनमा ल्याउनका साथसाथै कारोबार विनियावली संशोधन गर्न समेत सुझाब दिएको एशोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले बताएका छन। 

'पुंजीबजारको दिगो बिकास तथा बिस्तार गर्न सबै पक्षसंग सहकार्य गरि अगाडी बढ्न आग्रह गरेका छौं। साथै अहिलेको कारोबार विनियावलीलाई समय सापेक्ष संशोधन गर्न समेत सुझाब दिएका छौं' अध्यक्ष रेग्मीले भने 'नवनियुक्त कार्यकारी प्रमुख साउदले पूँजी बजारको विकासका लागी सरोकारवाला सबै पक्षसँग छलफल र सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन' उनले भने।     

लगानीकर्ताका अगुवाहरु नेप्से प्रमुखलाई भेटेर पुंजीबजारको बिकास तथा बिस्तारका लागि अनलाइन ट्रेडिङको साथसाथै बैंकलाई ब्रोकर लाइसेन्सको बाटो पनि खुला गरिनुपर्ने सुझाब दिदै आएका छन । तर सेयर दलालहरुले भने बैंक तथा वित्तीय संस्थालाई ब्रोकर लाइसेन्स दिएर पुंजीबजार बिस्तार गर्नुपर्नेमा कुनै चाँसो दिएका छैनन।

साउदलाई असोज २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले आगामी चार बर्ष कार्यकालका लागि नेप्सेको प्रमुख कर्यकारी अधिकृतमा नियुक्त गरेको हो। साउदले नेप्से संचालक समितिका अध्यक्ष लक्षमण न्यौपानेबाट असोज २५ गते बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरि कार्यारम्भ गरेका हुन।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved