जनरल फाइनान्सको कारोबार अब बेस्ट फाइनान्सको नामबाट, नेप्सेले दियो बिएफसी सिम्बल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 13, 2017 | 10:07:19 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा आजबाट जनरल फाइनान्सको नाम परिवर्तन भई उक्त कम्पनीको कारोबार बेस्ट फाइनान्सको नामबाट सुरु भएको छ   ।  कम्पनीको जेष्ठ १० गते भएको साधारणसभाले कम्पनीको नाम जनरल फाइनान्सबाट बेस्ट फाइनान्समा परिवर्तन गर्ने निर्णय गरेको थियो  । 

अब नेप्सेमा कम्पनीको कारोबार BFC सिम्बलबाट हुने छ । 

बेस्ट फाइनान्सले सिनर्जी फाइनान्सलाई गाभ्ने प्रक्रिया पनि अघि बढाएको छ  ।  

 बेस्ट फाइनान्सले भदौ २७ गतेदेखि १२५ प्रतिशत हकप्रद निष्काशन गरिरहेको छ । हाल बेस्ट फाइनान्सको चुक्ता पुंजी १३ करोड २२ लाख छ  । १२५ प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पुंजी २९ करोड ७५ लाख पुग्ने छ  । बेस्ट फाइनान्सले गत आर्थिक बर्षमा  २ लाख ८६ लाख खुद नाफा गरेको थियो  ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved