आज बुधबार दर्जन बढी कम्पनीको शेयर कारोबार नहुने, सुची सहित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 18, 2017 | 08:44:41 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्जमा आज बुधबार आज बुधबार दर्जन बढी कम्पनीको शेयर कारोबार नहुने भएको छ । तोकिएको अवधिमै बार्षिक सूचिकरण नविकरण शुल्क नबुझाएकाले यी कम्पनीहरुको सेयर कारोबार आज कात्तिक १ देखि बन्द हुने नेप्सेले जनाएको हो। 

नेप्सेमा सुचिकृत कम्पनीहरुलाई बार्षिक सूचिकरण नविकरण शुल्क बुझाउनका लागि असोज मसान्तसम्मको अवधि दिएको थियो। नेप्सेले आजबाट २३ कम्पनीको शेयर कारोबार बन्द हुने बताए पनि अन्य कम्पनीले नवीकरण शुल्क बुझाई सकेकाले यी कम्पनीको कारोबार बन्द हुने नेप्सेले जनाएको हो  

शुल्क नतिर्दा सम्म कारोबार स्थगित हुने नेप्सेले बताएको छ। धितोपत्र कारोबार नियमावलीको अनुसूचि ९ अनुसार नेप्सेमा सूचिकृत सबै कम्पनीहरुले प्रत्येक वर्ष असोज मसान्तसम्ममा सूचिकरण नविकरण शुल्क बुझाउनु पर्ने व्यवस्था छ। यही व्यवस्था अनुसार नेप्सेले गत भदौ १२ मा नै नेप्सेमा सुचिकृत कम्पनीहरुलाई समयमै वार्षिक सूचिकरण नविकरण शुल्क तिर्न ताकेता गर्दै आएको थियो।

उल्लेखित समय भित्र नबिकरण शुल्क जम्मा गरि जानकारी नगराएमा सेयर कारोबार स्थगन गरिने ब्यवहोरा नेप्सेले सुचिकृत कम्पनीहरुलाई जानकारी गराउदै आएको थियो।   

यी हुन् कारोबार रोक्का गरिएका कम्पनीहरु : 

हाम्रो विकास बैंक

सिभिल लघुवित्त, 

कन्चन विकास बैंक, 

काबेली विकास बैंक 

कन्काई विकास बैंक 

कर्णाली विकास बैंक 

महिला सहयात्रा माइक्रोफाइनान्स 

नागबेली लघुवित्त 

ललितपुर फाइनान्स 

नेशनल माइक्रोफाइनान्स 

कुवेर मर्चेन्ट फाइनान्स 

समता माइक्रोफाइनान्स 

शप्तकोशी विकास बैंक 

दिब्यश्वरी हाइड्रोपावर 

युनिलिभर नेपाल 





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved