यस्ता छन टेलिकमको शेयर मुल्य बढ्नुका ८ प्रमुख कारण

म नो ज /बिजपाटी

म नो ज /बिजपाटी

Oct 25, 2017 | 07:49:09 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमको सेयर मुल्य पछिल्लो १५ दिनमा प्रति कित्ता १३० रुपैयाँले बढेको छ। टेलिकमको सेयर मुल्य उकालो चढ्दा यसले समग्र बजार परिसूचक नेप्सेको इन्डेक्सलाई घट्नबाट समेत रोकेको छ। सामान्यतया टेलिकमको सेयर मुल्य २ प्रतिशतले बढ्दा नेप्से इन्डेक्स २ देखि २.५ अंकले बढ्ने गरेको छ।  

महिना दिन अघिको कारोबारमा स्थिर जस्तै देखिएको टेलिकमको सेयर मुल्यमा पछिल्ला दिनमा तिब्र उतार चढाव देखिएको छ। टेलिकमको सेयर मुल्यमा तिब्र उतार चढाव आउनु पछाडी अनेक कारण छन। जसमा केहि कारणहरु यस्ता छन:

१.प्रति शेयर आम्दानी १०० माथि हुनु

२.सुरक्षित लगानी

३.हालको मुल्यमा ९ प्रतिशत बढी प्रतिफल हुनु 

४.आपूर्ति भन्दा माग अत्यधिक हुनु 

टेलिकममा ३.५ प्रतिशत शेयर सर्बसाधारणको छ। जुन ५२ लाख ५० हजार कित्ता हुन आउछ। यस मध्ये अधिकांश सेयर बैंक, इन्स्योरेन्स, म्युचल फन्ड, इन्भेष्टमेन्ट कम्पनी, संस्थागत लगानीकर्ताको हातमा छ। यी सेयरहरु तत्काल बजारमा आउन सक्ने सम्भावना न्यून छ। 

अहिले कारोबारमा आएका शेयर कर्मचारीहरुको हो। कर्मचारीको ५ प्रतिशत सेयर अर्थात ७५ लाख कित्ता हुन आउँछ। अहिले कारोबारमा आएको शेयर पनि यहि हो। 

५.बैंकले आफ्नो लगानी इन्स्योरेन्स र लघुवित्तबाट टेलिकम तर्फ सार्नु

६.दिर्घकालिन लगानीकर्ता प्रतिफलका आधारमा लगानी गर्ने भएकाले टेलिकमको सेयर तर्फ आकर्षण बढ्नु 

७.रणनीतिक साझेदारका रुपमा जापानिज कम्पनीलाई भित्र्याउने लगायतका आकर्षक योजना हुनु 

८.टेलिकमको लगानी बिभिदिकरणले भविष्यमा प्रतिफल उच्च हुने सक्ने सम्भावना उच्च हुनु 

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved