भार्गव विकास बैंकले कार्तिक २४ गतेदेखि हकप्रद निष्काशन गर्ने, कहाँ दिने आवेदन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 25, 2017 | 09:29:46 AM मा प्रकाशित

laxmi  sunrise bank

भार्गव विकास बैंकले कार्तिक २४ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । बैंकले १०:८ को अनुपातमा ८०  प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो  । अब बैंकले २१ लाख १२ हजार कित्ता हकप्रद निष्काशन गर्ने छ  ।  

लगानीकर्ताले मङ्सिर २८ गतेसम्म हकप्रद भर्ने सक्ने बैंकले जनाएको छ  ।  

हकप्रद निष्काशन प्रयोजनार्थ बैंकले कार्तिक १५ गते बुक क्लोज मिति तय गरेकाले कार्तिक १४ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन्  । हकप्रद निष्काशनको लागि एनएमबी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  । 

लगानीकर्ताले एनएमबी क्यापिटलको कार्यालय नागपोखरी, भार्गव विकास बैंकको शाखाहरु र एनएमबी बैंकको निम्न शाखाहरुबाट आवेदन दिन सक्ने छन्  । 



हाल बैंकको चुक्ता पुंजी २६ करोड ४० लाख रहेकोमा हकप्रद निशाक्षणपछि चुक्ता पुंजी ४७ करोड ५२ लाख पुग्ने छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved