राप्ती भेरीलाई प्राप्तिपछि ज्योति विकासको एकिकृत कारोबार सुरु, चुक्ता पूँजी २ अर्ब ३६ करोड

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 25, 2017 | 03:47:03 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंक लिमिटेडले क्षेत्रिय स्तरको राप्ती भेरी विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी एकिकृत कारोबार सञ्चालन गरेको छ । बैंकले आज कार्तिक ८ गते बुधबार देखि एकीकृत कारोबार सुरु गरेको हो । 

नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवि नेपालले संयुक्त कारोबार सञ्चालन शुभारम्भ समारोहको उद्घाटन गरेका हुन्  । ज्योति विकास बैंक लिमिटेड नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको मर्जर र प्राप्ति नितीलाई अंगीकार गर्दै हालसम्म झिमरुक विकास बैंक लिमिटेड र राप्तीभेरी विकास बैंक लिमिटेड गरी २ वटा क्षेत्रिय स्तरको विकास बंैकहरुलाई सफलता पुर्बक मर्जर र प्राप्ति गरेको छ । यस  प्राप्ति पश्चात् ज्योति विकास बैंक लिमिटेडेको चुक्ता पूँजी २ अर्ब ३६ करोड पुगेको छ  भने कुल निक्षेप रु. १२ अर्व ४० करोड, कर्जा लगानी रु. १० अर्व ३० करोड, शाखा संख्या ४६ तथा ग्राहक संख्या १ लाख ४० हजार भन्दा बढि पुगेको छ ।

ज्योति विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३÷७४ को मुनाफाबाट वोनस शेयर वितरण पश्चात चुक्ता पूँजी आवश्यकता सहजै पूरा हुनेछ । बैंकले देशव्यापी रुपमा शाखा सञ्जाल विस्तार गर्ने लक्ष्यका साथ १० वटा शाखा छिट्टै थप्ने जनाएको छ। 

२०६५ श्रावण ९ गते स्थापना भएको ज्योति विकास बैंक लिमिटेडले स्थापनाको नौ बर्षको अवधिमा निजि क्षेत्रका विकास बैंकहरुको बिचमा आफ्नो अलग्गै पहिचान बनाउन सफल भएको छ । ज्योति विकासबैंक लिमिटेडले राप्तीभेरी विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरेपछि आगामी दिनमा समेत आफ्ना समस्त ग्राहकवर्गहरुलाई अझ  बिस्तारित रुपमा गुणस्तरीय र उत्कृष्ट सेवासेवा प्रदान गर्ने विश्वास एंव प्रतिबद्घता व्यक्त गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved