नेपाल बंगलादेश बैंकको साधारणसभा आज, यस्ता छन् मुख्य एजेन्डा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 29, 2017 | 08:09:32 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बंगलादेश बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। बैंकले साधारणसभा प्रयोजनार्थ कात्तिक १३ देखि मङ्सिर ३ सम्मका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेकाले आज अर्थात कात्तिक १२ सम्म कायम सेयरधनीहरुले मात्र एनबि बैंकको लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन पाउनेछन। 

बैंकले गत आर्थिक बर्षको कमाइबाट १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताब साधारणसभामा लैजादै छ। साधारण सभा मंसिर ३ गते राष्ट्रिय सभागृह, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ।  

१२ प्रतिशत बोनस सेयर बितरण पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब ८ करोड पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी ७ अर्ब २२ करोड छ। बैंकले गत आर्थिक बर्ष १ अर्ब २० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved