युनियन लाइफको प्रथम बार्षिक साधारणसभा आज, बिशेष प्रस्ताबमा आइपीओ निष्काशन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 30, 2017 | 06:55:14 AM मा प्रकाशित

laxmi  sunrise bank

सर्वसाधारणमा प्राथमिक शेयर निष्काशन गर्ने सहितका बिशेष प्रस्ताब राखेर युनियन लाइफ इन्स्योरेन्सले आज बार्षिक साधारणसभा डाकेको छ। दशैं अघि औपचारिक रुपमा कारोबार सुरु गरेको इन्स्योरेन्सको पहिलो साधारणसभाले ६४ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्ने प्रस्ताब स्वीकृत गर्ने जनाइएको छ। 

इन्स्योरेन्सको रजिष्टर्ड कार्यालय, सिद्धार्थनगर रुपन्देहीमा बस्ने साधारणसभाका अन्य प्रस्ताबमा कम्पनीको कर्पोरेट कार्यालयको ठेगाना परिवर्तन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, प्रमुख कार्यकारी अधिकृत नियुक्ती अनुमोदन गर्ने र चार जना सदस्यका लागि संचालक समितिमा निर्वाचन गर्ने लगायत छन। 

असोज ६ गते बीमा समितिका अध्यक्ष चिरञ्जीवि नेपालले नयाँ बानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयको उद्घाटन गरी कारोबारको शुभारम्भ भएको यस लाइफ इन्स्योरेन्सले २ अर्ब चुक्ता पुंजीको ३० प्रतिशतले हुन आउने रकम बराबरको सर्वसाधारणमा बिक्रि गर्ने छ। आईपिओ निष्कासनपछि संस्थापक तर्फ ७० प्रतिशत तथा सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व रहनेछ।   

२ अर्ब चुक्ता पुंजी रहेको यस कम्पनीको अध्यक्षमा शाहिल अग्रवाल रहेका छन् भने शेखर गोल्छा र सन्दीप अग्रगाल (गाडिया) सञ्चालक रहेका छन्। कम्पनिका प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्ण छन। यस कम्पनीमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, तिवडेवाल ग्रुप र राजेश हार्डवेयर ग्रुपको लगानी छ।

युनियन लाइफ इन्स्योरेन्सले बीमा समितिबाट असार २० गते इजाजत प्राप्त गरेको हो। असोज ५ गते मात्रै कारोबार संचालनको लागि अन्तिम स्वीकृती पाएको यस कम्पनीले असोज ६ गतेदेखि नै औपचारिक कारोबारको सुरुवात गरेको हो।      


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved