अगाडी बढ्यो सूर्या लाइफको हकप्रद निष्काशन प्रक्रिया, बिक्रि प्रबन्धकमा एनआइसी एसिया क्यापिटल

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 04, 2017 | 10:00:08 AM मा प्रकाशित

laxmi  sunrise bank

सूर्या लाइफ इन्स्योरेन्सले हकप्रद बिक्रिका लागि एनआइसी एसिया क्यापिटललाई सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा चयन गरेको छ। सूर्या लाइफले प्रति कित्ता १ सय रुपैयाँका दरले १० बराबर ४ अर्थात ४० प्रतिशतका दरले हकप्रद बिक्रि गर्न लागेको हो। 

हकप्रद शेयर निष्काशन सम्बन्धि सम्झौताबाट सूर्या लाइफको तर्फबाट सूर्या लाइफका प्रमुख कार्यकारी अधिकृत शिव नाथ पाण्डे र एनआईसी एसिया क्यापिटलका तर्फबाट क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेलले हस्ताक्षर गरेका छन्। 

सूर्या लाइफको ९औ बार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर वितरण पछि कायम चुक्ता पुंजीको ४० प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब पारित गरेको हो।

बोनस बितरण पश्चात सूर्या लाइफको चुक्ता पुंजी ७२ करोड १८ लाख पुग्नेछ। बोनस पश्चात कायम चुक्ता पुंजीको ४० प्रतिशत हकप्रद बिक्रि पश्चात सूर्या लाइफको चुक्ता पुंजी १ अर्ब १ करोड पुग्नेछ। जिबन बिमा कम्पनीले २०७५ असार मसान्तसम्म चुक्ता पुंजी २ अर्ब पुर्याउनु पर्नेछ।  

सूर्या लाइफको हकप्रद बिक्रि गर्न बिक्रि प्रबन्धकको जिम्मेवारी पाएको एनआईसी एसिया क्यापिटलले बिक्रि प्रबन्धकका साथ साथै लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा समेत प्रदान गर्दै आइरहेको छ।  क्यापिटलले निः शूल्क डीम्याट खाता साथै प्रथम वर्षको डीम्याट खाता संचालन निः शूल्क गरेको छ

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved