सपोर्ट माइक्रोफाइनान्सको आईपिओ बाँडफांड भोली, ९३ प्रतिशत आवेदकले शेयर नपाउने निश्चित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 07, 2017 | 03:13:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सपोर्ट माइक्रोफाइनान्सले सर्वसाधारणमा जारि गरेको साधारण सेयर (आईपिओ) भोली बुधबार बाँडफांड भएको छ।बिक्रि प्रबन्धक एनएमबी क्यापिटल बुधबार बिहान ९ बजे क्यापिटलको कार्यलय नागपोखरीमा    (आईपिओ)  बाँडफांड हुने जानकारी दिएको हो ।

 माइक्रोफाइनान्सले सर्वसाधारणका लागि निष्काशन गरेको १ लाख ८० हजार कित्ताका लागि करिब २ लाख ३६ हजार बढी आवेदकबाट झन्डै २ अर्ब २५ करोड रुपैयाँ बराबरको आबेदन परेको बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ। 

माइक्रोफाइनान्सको आइपीओमा परेको आबेदन करिब १३४ गुणाले बढी हो। नेपाल धितोपत्र बोर्डले पछिल्लो पटक गरेको व्यवस्था अनुसार सबै आवेदकले न्युनतम १० कित्ता पाउनेछन। तर माइक्रोफाइनान्समा निष्काशन गरिएको भन्दा १३४ गुणा बढीले आबेदन परेकाले गोलाप्रथा प्रणालीबाट सबै 'भाग्यमानी' आवेदकले मात्र १० कित्ता सेयर पाउनेछन। 

१ लाख ८० हजार कित्ता मध्ये २ प्रतिशत अर्थात् ३ हजार ६०० कित्ता कम्पनीका कर्मचारीको लागि र ५ प्रतिशत अर्थात ९ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ। यस अर्थमा सर्वसाधारणका लागि मात्र १ लाख ६७ हजार ४०० कित्ता मात्र गोलाप्रथाबाट बाँडफाँड हुनेछ।

सर्वसाधारणबाट कुल आवेदक मध्य मात्र झन्डै ६ प्रतिशतले गोलाप्रथाबाट सपोर्ट माइक्रोफाइनान्सको १० कित्ता सेयर पाउनेछन।  

आइपिओ निष्काशन निष्काशन तथा वितरण पश्चात माइक्रोफाइनान्सको चुक्ता पुंजी ६ करोड रुपैयाँ पुग्ने छ। २०७१ कार्तिक २८ गते सुनसरीको ईटहरीमा स्थापना भएको सपोर्ट माईक्रो फाईनान्सको हाल अधिकृत पूँजी रु. १५ करोड रहेको छ। त्यस्तै जारी पूँजी रु. ६ करोड रहेकोमा संस्थापकबाट ४ करोड २० लाख चुक्ता भईसकेको छ भने सर्वसाधारणलाई रु. १ करोड ८० लाखको शेयर निष्काशन पश्चात चुक्ता पूँजी रु. ६ करोड पुग्नेछ । 

हाल वित्तीय संस्थाको १० जिल्ला कार्यक्षेत्र रहेको छ र हालसम्म १९ करोड भन्दा बढी कर्जा लगानी गरिसकेको छ । त्यसैगरी यस वित्तीय संस्थाले हालसम्म ३,८०० जना सदस्यहरुलाई लघुर्जाको सेवा प्रदान गर्दै आएको छ।  गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ३७ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved