ओम डेभलपमेन्ट बैंकको ३० प्रतिशत हकप्रद भर्ने आज कार्तिक २६ गते अन्तिम दिन रहेको छ । बैंकले असोज २३ गतेदेखि १० बराबर ३ कित्ता सेयर अर्थात ३० प्रतिशतका दरले हकप्रद बिक्रि खुला गरेको हो।
बैंकले ४९ करोड ३१ लाख ८३ हजार ५ सय रुपैयाँ बराबरको ४९ लाख ३१ हजार ८ सय ३५ कित्ता हकप्रद बिक्रि खुला गरेको हो । ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंक हालै मर्ज भएका हुन् ।
बैंकले ३० प्रतिशत हकप्रद प्रयोजनार्थ भदौ ३० गते बुक क्लोज गर्ने निर्णय गरेकाले भदौ २९ सम्म कायम सेयरधनीहरुले मात्र हकप्रद भर्न पाउनेछन। भदौ २९ सम्म कायम शेयरधनीले आज कार्तिक २६ गतेसम्म हकप्रद भर्न सक्ने छन्। हकप्रद निष्काशनको लागि एनआईबिएल क्यापिटल मार्केट्स बिक्रि प्रबन्धक रहेको छ ।
भदौ २९ सम्म कायम शेयरधनीहरुले एनआईबिएल क्यापिटल मार्केट्सको कार्यालय लाजिम्पाट, ओम डेभलपमेन्ट बैंकको सम्पूर्ण शाखाहरु र नेपाल इन्भेस्टमेन्ट बैंकको बिराटनगर, बिरगंज, नेपालगंज, इटहरी तथा धनगढी शाखाबाट आवेदन दिन सक्ने छन् ।
गोरखा बसपार्कमा प्रधान कार्यालय रहेको मनास्लु विकास बैङ्क र कास्की पोखरामा प्रधान कार्यालय रहेको ओम विकास बैङ्क बिचको मर्जर पश्चात चुक्ता पुंजी १ अर्ब ६४ करोड पुगेको छ। ओमले गत आर्थिक बर्ष ४३ करोड ३४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।
त्यस्तै ३० प्रतिशत हकप्रद बिक्रि वितरण पश्चात ओम विकासको चुक्ता पुंजी २ अर्ब १३ करोड पुग्ने छ। बाँकी अपुग पुंजी बैंकको बोनस सेयर वितरण मार्फत जुटाउनेछ।
सरकारले ८३ हजार कर्मचारीलाई लक्षित गरी स्वेच्छिक अवकाशको प्य
बैसाख ३१ मा सम्पन्न भएको स्थानीय तह निर्बाचनको अन्तिम मत परि
भोली बिहिबार काठमाडौँ उपत्यकामा सार्बजनिक विदा हुने भएको छ&n
सरकारले भोली शुक्रबार अर्थात मङ्सिर १५ गते सार्वजनिक बिदा दि