दोस्रो दिन पनि दोहोरो अंकले बढ्यो नेप्से, ७१ करोड कारोबार हुँदा कमाउनेमा चिलिमे अगाडी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 13, 2017 | 01:22:38 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन सोमबार पनि बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक १३.७४ अंकले बढेर १४९०.८८ को उचाईमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १५८ कम्पनीका १७ लाख ३० हजार ५ सय ७२ कित्ता शेयर खरिद बिक्रि बाट कुल ७१ करोड ४६ लाख ५७ हजार ४ सय ५९ रुपियाँको कारोबार भएको छ । 

आज गुराँस लाइफ इन्स्योरेन्सको संस्थापक शेयरको सबै भन्दा धेरै ११ करोड २४ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कमाउनेमा प्रभु बैंक संस्थापक शेयर, चिलिमे हाइड्रो , नागरिक लगानी कोष, स्ट्याण्डर्ड चार्टर्ड बैंक लगायत रहेका छन् । 

आज कारोबारमा आएका समूह गत सूचक मध्ये  होटेल र विकास बैंक बाहेकका सबै सूचक बढेका छन् । 

आज चिलिमे हाइड्रोका लगानीकर्ताले सर्बाधिक ८.१० प्रतिशत कमाएका छन् भने अन्य बढी कमाउनेमा लक्ष्मी लघुवित्त, सिनर्जी पावर, खानी खोला हाइड्रो लगायत रहेका छन् । 

आज प्रभु बैंकका संस्थापक तर्फका लगानीकर्ताले सर्बाधिक ६.३१ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा तिनाउ विका बैंक, प्रोग्रेशिभ फाइनान्स, किसान माइक्रोफाइनान्स रहेका छन् । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved