नेप्सेमा गिरावट जारी, १० प्रतिशतले बढ्यो ग्रिन डेभलपमेन्ट बैंकको मूल्य, टर्नओभर ३९ करोड मात्र

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 20, 2017 | 01:34:41 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन आज सोमबार पनि बजार परिसूचकक नेप्से घटेको छ  । आज नेप्से सूचक ६.५६ अंकले घटेर १४६९.१६ को बिन्दुमा पुगेर रोकिएको छ  । आज कारोबारमा आएका १६० कम्पनीका ११ लाख ४६ हजार ६ सय ९ कित्ता शेयर खरिद बिक्रि बाट कुल ३९ करोड ३८ लाख १७ हजार २ सय ६१ रुपियाँको कारोबार भएको छ  ।

आज एभरेष्ट बैंकको सबै भन्दा धेरै २ करोड ६७ लाख बराबरको कारोबार भएको छ  । अन्य बढी कारोबार हुनेमा सिभिल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल लाइफ इन्स्योरेन्स लगायत रहेका छन्  ।

आज अन्य बाहेकका सबै समुहगत सूचक घटेका छन्  । 

आज गरिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्बाधिक ९.९६ प्रतिशत कमाएका छन्  । आज अरुण फाइनान्स, मल्टीपर्पोज फाइनान्स, लक्ष्मी लघुवित्त, कन्काई विकास बैंक लगायतले धेरै कमाएका छन्  । 

आज नेपाल हाइड्रो डेभलपरको शेयर मूल्य सर्बाधिक ९ प्रतिशतले घटेको छ  । आज सिर्जना फाइनान्स, बिशाल बजार कम्पनी, हिमालयन जनरल इन्स्योरेन्स, सिनर्जी पावर डेभलपमेन्ट बैंक लगायतले धेरै गुमाएका छन् ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved