दोहोरो अंकले बढ्यो नेप्से, ६८ करोडको कारोबार हुँदा कमाउनेमा सिनर्जी पावर अगाडी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 23, 2017 | 01:44:45 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन बिहिबार बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक १३.०३ अंकले बढेर १४९३.२९ को उचाईमा पुगेर बन्द भएको छ । आज कारोबारमा आएका १६५ कम्पनीका १३ लाख ९१ हजार ८ सय ५३ कित्ता शेयर खरिदबिक्रिबाट ६८ करोड ५७ लाख २८ हजार ३ सय ५५ रुपियाँको कारोबार भएको छ । 

आज साना किसान विकास बैंकको संस्थापक शेयरको २१ करोडको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा बुटवल पावर कम्पनी , नेपाल लाइफ इन्स्योरेन्स, नेपाल बैंक लिमिटेड, साना किसान विकास बैंक लिमिटेड लगायत रहेका छन् । 

आज कारोबारमा आएका समुहगत सूचक मध्ये ट्रेडिङ समुहबाहेकका सबै समुहगत सूचक बढेका छन् । 

आज सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले सर्बाधिक ८.६७ प्रतिशत कमाएका छन् । आज अन्य बढी कमाउनेमा मिथिला लघुवित्त, नयाँ नेपाल लघुवित्त, हिमालय पावर पार्टनर, देव विकास बैंक लगायत रहेका छन् । 

आज गुमाउनेमा हिमालयन जनरल इन्स्योरेन्स,  शप्तकोशी डेभलपमेन्ट बैंक, बरुण हाइड्रो लगायत रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved