गण्डकी बिकास बैंकको २५ प्रतिशत हकप्रदको लागि बुक क्लोज मिति तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 24, 2017 | 09:47:35 AM मा प्रकाशित

laxmi  sunrise bank

गण्डकी बिकास बैंकले हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय गरेको छ । बैंकले ४६ करोड ९ लाख रुपैयाँ बराबरको ४६ लाख ९ हजार ८१५.५० कित्ता हकप्रद बिक्रि गर्न लागेको हो । 

 बैंकले बैंकले प्रति कित्ता १०० रुपैयाँका दरले १०० बराबर २५ कित्ता अर्थात २५ प्रतिशतका दरले हकप्रद बिक्रि गर्न लागेको हो। बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ। 

हकप्रद निष्काशन प्रयोजनार्थ बैंकले मङ्सिर १५ गते बुक क्लोज मिति तय गरेको छ। मङ्सिर १४ गते सम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउने छन् ।  

२५ प्रतिशतका दरले हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी २ अर्ब ३० करोड पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी १ अर्ब ८४ करोड छ। फेवा र गण्डकी मिलेर बनेको गण्डकी विकास बैंकले गत आर्थिक बर्ष ५४ करोड ६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्याउनु पर्नेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved