६५ करोडको कारोबार हुँदा कमाउनेमा कालिका माइक्रोक्रेडिट अगाडी, चिलिमे हाइड्रोको कारोबार उच्च

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 27, 2017 | 01:30:12 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन आज सोमबार बजार परिसूचक नेप्से सामान्य अंकले करेक्सन भएको  छ । आज नेप्से सूचक ०.६० अंकले करेक्सन भएर १५१३.७४ को बिन्दुमा पुगेर रोकिएको छ । 

आज कारोबारमा आएका १५९ कम्पनीका १२ लाख ६७ हजार १ सय ९७ कित्ता शेयर खरिद बिक्रि बाट ६५ करोड ७१ लाख १७ हजार ८ सय ४१ रुपियाँको कारोबार भएको छ 

आज चिलिमे हाइड्रोपावरको सबै भन्दा धेरै ६ करोड ४८ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, बुटवल पावर कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स , नेपाल बैंक लगायत रहेका छन् 

आज कारोबारमा आएका समुहगत सूचक मध्ये हाइड्रो, फाइनान्स र अन्य समुह बाहेकका सबै समुहगत सूचक घटेका छन् 

आज कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्बाधिक ८.९५ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा शप्तकोशी डेभलपमेन्ट बैंक, पुर्णिमा विकास बैंक, सानिमा माई हाइड्रो, एनएमबी माइक्रोफाइनान्स लगायत रहेका छन् 

आज सर्बाधिक गुमाउनेमा राष्ट्रिय बिमा कम्पनी संस्थापक शेयर , एभरेष्ट बैंक अग्राधिकार शेयर, साइन रेसुंगा डेभलपमेन्ट बैंक, प्रोग्रेशिभ फाइनान्स लगायत रहेका छन् 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved