नेपाल सेवा लघुवित्तले आईपिओ जारी गर्ने, अनुमति माग्दै बोर्डमा आवेदन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 28, 2017 | 10:44:18 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ  । कम्पनीले आईपियो निष्काशनको अनुमति माग्दै यहि मङ्सिर ७ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ  । 

कम्पनीले  १,८०,००० कित्ता  साधारण शेयर निष्काशन गर्न लागेको हो  ।  

सर्वसाधारणको लागि छुट्याएको १,८०,००० कित्ता साधारण शेयरहरुको सार्वजनिक निष्काशन गर्ने कार्यकालागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

 २०७१ मंसिर ८ गते सिन्धुपाल्चोक जिल्लाको फटकसिलाबाट कारोवार सञ्चालन गरेको यस वित्तीय संस्थाको हाल अधिकृत पूँजी रु. १० करोड र जारी पूँजी रु. ६ करोड रहेकोमा संस्थापकबाट ४ करोड २० लाख चुक्ता हुने तयारीमा रहेको छ भने सर्वसाधारणलाई रु. १ करोड ८० लाखको शेयर निष्काशन पश्चात चुक्ता पूँजी रु. ६ करोड पुग्नेछ ।

हाल वित्तीय संस्थाको सिन्धुपाल्चोक, रसुवा र नुवाकोट गरी ३ जिल्ला कार्यक्षेत्र रहेको छ र हालसम्म ८ वटा शाखा कार्यालय मार्फत रु. २१ करोड भन्दा बढी कर्जा लगानी गरिसकेको छ । त्यसैगरी यस वित्तीय संस्थाले हालसम्म ४,७०० जना सदस्यहरुलाई लघुर्जाको सेवा प्रदान गरेको छ । चालु आर्थिक वर्षको चैत्र मसान्तभित्रमा नै शेयर जारी गरीसक्ने वित्तीय संस्थाले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved