सेन्ट्रल फाईनान्सको ५० प्रतिशत हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 11, 2017 | 09:29:21 AM मा प्रकाशित

laxmi  sunrise bank

सेन्ट्रल फाईनान्सले हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय गरेको छ ।  सेन्ट्रल फाईनान्सले २ शेयर बराबर १ (२ः१) शेयरको अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।

कम्पनीले हकप्रद निष्काशन प्रयोजनार्थ पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ३ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदको लागि आवेदन दिन सक्ने छन् । सेन्ट्रल फाईनान्सले प्रति शेयर मूल्य रु १०० अंकित दरको २६ लाख ३ हजार ३ सय १४ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

हकप्रद शेयर निष्काशनको लागि  एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड  बिक्री प्रबन्धकमा रहेको छ ।

 सेन्ट्रल फाईनान्सकोे हाल कायम चुक्ता पुँजी रु ५२ करोड ६ लाख ६२ हजार ८ सय १५ रहेकोमा हकप्रद शेयर निष्काशन पछि कुल चुक्ता पुँजी रु ७८ करोड ९ लाख ९४ हजार २ सय २० पुग्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved