नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ५१ करोड मै सिमित, कमाउनेमा बोटलर्स नेपाल अगाडी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 17, 2017 | 01:41:18 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ  । आज नेप्से सूचक ११.०१ अंकले घटेर १५०९.१४ को बिन्दुमा पुगेर रोकिएको  छ  । आज कारोबारमा आएका १ सय ५८ कम्पनीका ११ लाख ६ हजार ३९ कित्ता शेयर खरिद बिक्रिबाट ५१ करोड १२ लाख १२ हजार १ सय ९२ रुपियाँको कारोबार भएको छ  ।

आज नेपाल ग्रामिण विकास बैंक लिमिटेडको सबै भन्दा धेरै ६ करोड ५४ लाखको कारोबार भएको छ  । अन्य बढि कारोबार हुनेमा ग्लोबल आईएमई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, गरिमा विकास बैंक संस्थापक शेयर लगायत रहेका छन्  ।

आज कारोबारमा आएका होटेल , उत्पादन र अन्य बाहेकका सबै समुहगत सूचक घटेका छन्  ।

आज बोटलर्स नेपाल तराई लिमिटेडको शेयर मूल्य सर्बाधिक ८.३३ प्रतिशत बढेको छ कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको शेयर मूल्य सर्बाधिक ९.०९ प्रतिशतले घटेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved