एनआईसी एसिया बैंक सहित ५ कम्पनीको १ करोड ८७ लाख कित्ता बढी शेयर सुचिकृत, हेर्नुस कसको कति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 18, 2017 | 09:57:36 AM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार नेपाल स्टक एक्चेन्जमा ५ कम्पनीका १ करोड ८७ लाख कित्ता बढी शेयर सुचिकृत भएका छन् । आज कुल ५ कम्पनीका हकप्रद र बोनस शेयर गरी कुल १ करोड ८७ लाख ३७ हजार ४० दशमलव ३९ कित्ता शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आगामी सातादेखि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

कसको कति शेयर सुचिकृत ?

नागरिक लगानि कोषको १३ लाख २७ हजार ६ सय ४८ दशमलव ७३ कित्ता बोनस शेयर  ।

प्रभु इन्स्योरेन्सको ११ लाख ८ हजार ८ सय ४५ दशमलव ३९ कित्ता बोनस शेयर  ।

एन आई सी एसिया बैंकको १ करोड ३३ लाख ८५ हजार १ सय ९५ कित्ता बोनस शेयर  ।

शप्तकोशी डेभलपमेन्ट बैंकको २७ लाख ४३ हजार कित्ता हकप्रद शेयर  ।

अरुण फाइनान्सको १५ लाख कित्ता हकप्रद शेयर  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved