रातो भएर बन्द भयो ७ अंकले बढेको बजार, स्ट्याण्डर्ड चार्टर्डको कारोबार उच्च, ५६ करोडको टर्नओभर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 18, 2017 | 01:23:34 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन बजार परिसूचक नेप्से सामान्य अंकले घटेको छ । आज नेप्से सूचक ०.८९ अंकले घटेर १५०८.२५ को बिन्दुमा पुगेर रोकिएको छ । कारोबार अवधिमा एक समय ७ अंकले बढेको बजार  रातो भएर बन्द भएको हो  

आज कारोबारमा आएका १६३ कम्पनीका १२ लाख २५ हजार ५४ कित्ता शेयर खरिद बिक्रिबाट ५६ करोड ८३ लाख २१ हजार ७ सय ७९ रुपियाँको कारोबार भएको छ ।

आज स्ट्याण्डर्ड चार्टड बैंकको सबै भन्दा धेरै ३ करोड २० लाखको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नेपाल टेलिकम, नेपाल ग्रामिण विकास बैंक, प्राइम कमर्शियल बैंक, एभरेस्ट बैंक लगायत रहेका छन् ।

आज कारोबारमा आएका समुहगत सूचक मध्ये बैंकिंग, विकास बैंक र माइक्रोफाइनान्सका सूचक बाहेक सबै सूचक बढेका छन् ।

आज प्रोग्रेशिभ फाइनान्सका लगानीकर्ताले सर्बाधिक ६.९१ प्रतिशत कमाए भने ललितपुर फाइनान्सका लगानीकर्ताले सर्बाधिक ८ प्रतिशत गुमाए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved