सिद्दार्थ बैंक र पोखरा फाइनान्सले पाए हकप्रद निष्काशनको अनुमति, हेर्नुस कसको कति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 19, 2017 | 10:19:31 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले सिद्धार्थ बैंक र पोखरा फाइनान्सलाई हकप्रद निष्काशनको अनुमति दिएको छ  ।   सिद्दार्थ बैंकले १० प्रतिशत र पोखरा फाइनान्सले १५ प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको हो  ।

अब सिद्दार्थ बैंकले  ६८ लाख २६ हजार ११७ दशमलव १९ कित्ता हकप्रद जारी गर्ने छ । हाल बैंकको चुक्ता पुंजी  चुक्ता पूँजी ६ अर्ब ६२ करोड रहेकोमा १० प्रतिशत पश्चात बैंकको चुक्ता पुंजी  सात अर्ब ५० करोड नाघ्नेछ । बैंकले बोनस वितरणबाट आठ अर्ब पूँजी पुर्याउने छ ।

 चालु आवको प्रथम त्रैमासमा बैंकले २१ करोड ६४ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  

त्यस्तै पोखरा फाइनान्सले ९ लाख ८३ हजार ६८२ दशमलव ७४ कित्ता हकप्रद विक्री गर्न अनुमति पाएको हो । हाल फाइनान्सको चुक्ता पुंजी  ६५ करोड ५७ लाख रहेकोमा हकप्रद विक्रीपछि फाइनान्सको चुक्ता पूँजी ७५ करोड ४१ लाख  पुग्नेछ । 

चालु आवको प्रथम त्रैमासमा फाइनान्स कम्पनीले एक करोड ४८ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved