इष्टर्न हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने, साधारणसभामा प्रस्ताव लगिंदै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 19, 2017 | 12:46:04 PM मा प्रकाशित

laxmi  sunrise bank

इष्टर्न हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने तयारी सुरु गरेको छ । कम्पनीले पुस २४ गते साधारणसभा डाकेको छ जसमा आईपीओ निष्काशनको बिषयमा छलफल हुने कम्पनीले जनाएको छ । 

त्यस्तै साधारणसभामा बार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको नियुती गर्ने तथा पारिश्रमिक तोक्ने, अधिकृत पुंजी र पुंजी वृद्धि गर्ने लगायतका प्रस्तावहरुमा छलफल हुने छन् ।  स्तै कम्पनीलाई आवश्यक पर्ने विनियमावलीहरु तयार गरि कार्यान्वयन गर्ने सम्पुर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने बिषयमा पनि साधारणसभाले निर्णय गर्ने छ  ।  

कम्पनीले प्रथम चरणमा आयोजना प्रभावित स्थानीय बासीन्दालाई र त्यसपछि  मात्र सर्वसाधारणका लागि शेयर जारी गर्ने तयारी गरेको हो  ।  साधारणसभाले प्रस्ताव पारित गरेको १ बर्ष भित्र अईपियो निष्काशन गरि सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले भोजपुरमा ५ मेगावाटको पिखुवा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ  । आयोजनाको ७० प्रतिशत काम सम्पन्न भएकाले आगामी असारसम्म निमार्ण सम्पन्न गरि विद्युत्त उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved