हकप्रदले समेत पाउने गरी गुहेश्वरी मर्चेन्ट बैंकिङ्गले गर्यो लाभांश घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 21, 2017 | 11:05:24 AM मा प्रकाशित

laxmi  sunrise bank

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ५ गते सम्पन्न संचालक समितिको १८५ औं बैठकले सेयरधनीलाई गत अार्थिक बर्षकाे नाफाबाट १० करोड ९१ लाख २४ हजार ९३१ रुपैयाँ बराबरको बोनस वितरण गर्ने प्रस्ताव गरेको हो। 

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण हुनेछ । 

कम्पनीले बोनस शेयरमा लाग्ने कर भने शेयरधनीबाट असुल गर्ने निर्णय गरेको छ  । 

 ४० प्रतिशत हकप्रदपछि हाल कम्पनीको चुक्ता पुंजी  ६९ करोड ८ लाख ७५ हजार ६८ रुपैयाँ रहेको छ । बोनस वितरणपछि बैंकको चुक्ता पुंजी ८० करोड रुपैयाँ पुग्नेछ । ४० प्रतिशत हकप्रदले समेत बोनस पाउने कम्पनीले जनाएको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved