प्रभु बैंकले पायो हकप्रद निष्काशनको अनुमति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 21, 2017 | 11:35:13 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले प्रभु बैंकलाई हकप्रद निष्काशनको अनुमति दिएको छ । बैंकले १०:४ को अनुपातमा ४० प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको छ  । 

अब बैंकले २ अर्ब ३५ करोड बराबरको २ करोड ३५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।  हकप्रद निष्काशनको लागि सनराइज क्यापिटल मार्केट्स बिक्रि प्रबन्धक रहेको छ  । 

 हाल बैंकको चुक्ता पुंजी ५ अर्ब ८८ करोड रहेकोमा ४० प्रतिशत हकप्रदपछि चुक्ता पुंजी ८ अर्ब २४ करोड पुग्ने छ  । 

बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २५ करोड ७ लाख खुद नाफा कमाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved