संचालक समितिको विवादलाई थाति राखेर हिमालयन बैंकले किन डाक्यो साधारणसभा ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 22, 2017 | 09:40:02 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंकले संचालक समितिको विवादलाई थाति नै राखेर बार्षिक साधारणसभा डाकेको छ। बैंकले गत आर्थिक बर्षको कमाईबाट २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताब राखेर पुष २८ का लागि साधारणसभा डाकेको हो। 

साधारणसभा प्रयोजनार्थ बैंकले पुष ११ गतेदेखि पुष २८ सम्मका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ। पुष १० सम्म कायम शेयरधनीहरुले मात्र बैंकको साधारणसभामा सहभागी हुन र २५ प्रतिशत बोनस प्राप्त गर्न सक्नेछन। 

बैंकले गत आर्थिक बर्षको कमाईबाट २५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश प्रस्ताब साधारणसभाबाट पारित गराउदै छ। 

बैंकको दोस्रो ठुलो शेयरधनी खेतान समुह सिफारिस गरेको व्यक्तिलाई सञ्चालक नियुक्त गर्न बैंक सञ्चालक समितिले अस्वीकार गरेपछि अदालतमा मुद्दा दिएको थियो। उच्च अदालत पाटनले सञ्चालक समितिमा म्युचुअल ट्रेडिगं कम्पनीको प्रतिनिधित्व गराउनु पर्ने नैतिक दायित्व रहेको ठहर गर्दै साधारण सभाको प्रकृया अघि बढाउन निर्देशन दिएको थियो। 

अदालतले साधारणसभा डाकेर विवाद मिलाउन आदेश दिएपनि बैंकले सञ्चालक समितिको निर्वाचन सम्बन्धी भने कुनै एजेण्डा सभामा राखेको छैन। बैंकले संचालक समितिको विवादलाई थाति राखेर नै साधारणसभा डाकेकाले पुरानो समस्या पुन बल्झिने विश्लेषण गरिएको छ।

बोनसपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ११ करोड रुपैयाँ पुग्नेछ। चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकले ४१ करोड १ लाख खुद मुनाफा गरेको छ।    


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved