४० प्रतिशत हकप्रद निष्काशनको लागि प्रभु बैंकको बुक क्लोज मिति तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 26, 2017 | 08:54:08 AM मा प्रकाशित

laxmi  sunrise bank

हकप्रद निष्काशनको लागि प्रभु बैंकको बुक क्लोज मिति तय भएको छ ।  बैंकले १०:४ को अनुपातमा ४० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो। 

अब बैंकले २ अर्ब ३५ करोड बराबरको २ करोड ३५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।  हकप्रद निष्काशनको लागि सनराइज क्यापिटल मार्केट्स बिक्रि प्रबन्धक रहेको छ  । 

हकप्रद निष्काशन प्रयोजनार्थ बैंकले पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ   ।  पुस २० गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन्   । 

 हाल बैंकको चुक्ता पुंजी ५ अर्ब ८८ करोड रहेकोमा ४० प्रतिशत हकप्रदपछि चुक्ता पुंजी ८ अर्ब २४ करोड पुग्ने छ  । 

बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २५ करोड ७ लाख खुद नाफा कमाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved