लुम्बिनी विकास बैंकले पायो हकप्रद निष्काशनको अनुमति, बुक क्लोज मिति तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 29, 2017 | 10:43:31 AM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी विकास बैंकले हकप्रद निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई `१०:१ को अनुपातमा हकप्रद निष्काशनको अनुमति दिएको हो । अब बैंकले २० करोड ८ लाख बराबरको २० लाख ८ हजार ८ सय ७८ दशमलव २७ कित्ता हकप्रद निष्काशन गर्ने छ । हकप्रद निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

हकप्रद निष्काशन प्रयोजनार्थ बैंकले पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २० गते सम्म कायम शेयर धनीले मात्र हकप्रद भर्न सक्ने छन् ।

हाल बैंकको चुक्ता पुंजी २ अर्ब १ करोड रहेकोमा १० प्रतिशत हकप्रद निष्काशनपछि बैंक को चुक्ता पुंजी २ अर्ब २१ करोड पुग्ने छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved