१४ सयको बिन्दुबाट पनि तल झर्यो नेप्से, टेलिकमका लगानीकर्ताले धेरै गुमाए

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 31, 2017 | 01:47:34 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक २४.२० अंकले घटेर १३९०.५८ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १५८ कम्पनीका १८ लाख २५ हजार १ सय ८२ कित्ता शेयर खरिद बिक्रिबाट ५८ करोड ७८ लाख २६ हजार ८ सय १० रुपियाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका समुहगत सूचक मध्ये होटेल समूह बाहेकका सूचक घटेको छ । 

आज एनसीसी बैंकको संस्थापक शेयरको सबै भन्दा धेरै ९ करोड ६९ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा प्रभु बैंक संस्थापक शेयर, स्ट्याण्डर्ड चार्टड बैंक, नबिल बैंक, नागरिक लगानी कोष लगायत रहेका छन् ।

आज पोखरा फाइनान्सकालागनिकर्ताले सबै भन्दा धेरै ५.०८ प्रतिशत कमाएका छन् भने नेपाल टेलिकमका लगानीकर्ताले सर्बाधिक ७.७ प्रतिशत गुमाएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved