अन्तिम दिन नेप्से सूचक र कारोबार रकममा सुधार, कमाउनेमा मल्टिपर्पोज फाइनान्स अगाडी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 04, 2018 | 02:02:18 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज बिहिबार बजार परिसूचक नेप्से र कारोबार रकम दुवै बढेको छ । आज नेप्से सूचक ७.२२ अंकले बढेर १४२३.८३ को उचाईमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १ सय ५९ कम्पनीका १३ लाख ४९ हजार ७ सय २९ कित्ता शेयर खरिद बिक्रिबाट ५३ करोड ५० लाख ९२ हजार २ सय १८ रुपियाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका समुहगत सुचक मध्ये ट्रेडिङ, होटेल र विकास बैंक बाहेकका सबै सूचक बढेका छन् ।

आज एसियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयरको सबै भन्दा धेरै १२ करोड २६ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा प्रभु बैंक, राष्ट्रिय बिमा कम्पनी  संस्थापक शेयर, नेपाल लाइफ इन्स्योरेन्स, सानिमा माइ हाइड्रो लगायत रहेका छन् ।

आज मल्टिपर्पोज फाइनान्सका लगानीकर्ताले सबधिक ९.८९ प्रतिशत कमाएका छन् भने एसियन लाइफ इन्स्योरेन्सका संस्थापक लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved