आइएमई लाइफको ६० करोडको आइपीओ जारी गर्ने प्रस्ताव पारित

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 10, 2018 | 06:11:49 PM मा प्रकाशित

laxmi  sunrise bank

आईएमई लाइफ इन्स्योरेन्सको पहिलो बार्षिक साधारणसभाले सर्वसाधारणमा साधारण शेयर जारि गर्ने प्रस्ताब पारित गरेको छ। इन्स्योरेन्सले २०७५ असार मसान्तसम्म चुक्ता पुंजी २ अर्ब पुर्याउने योजना अन्तर्गत ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ जारि गर्ने प्रस्ताब पारित गरेको हो। 

इन्स्योरेन्सले २०७५ असार मसान्तसम्म चुक्ता पुंजी २ अर्ब पुर्याउनुपर्नेछ। त्यसका लागि कम्पनीले ३० प्रतिशतले हुन आउने ६० करोड सर्वसाधारणमा आइपीओ बिक्रि गरि जुटाउने कम्पनीले जनाएको छ। आइपीओ बिक्रि तथा वितरण पश्चात कम्पनीमा शेयर स्वामित्व संस्थापक तर्फ ७० र सर्वसाधारणतर्फ ३० प्रतिशत पुग्नेछ। 

इन्स्योरेन्सले प्रधान कार्यालय सहित देशभर छरिएर रहेका ४० वटा शाखा कार्यालयहरु मार्फत ग्राहकहरुलाई स्तरीय बिमा सेवा प्रदान गर्दे आएको कम्पनीका संचालक समितिका अध्यक्ष डा. रामहरी अर्यालले जानकारी दिए।

कम्पनीले आम मानिसको पहुँच हुने खालको १० प्रकारको स्तरीय तथा लाभदायक बीमा योजनाहरु कार्यान्वयनमा ल्याएको र भविष्यमा अझ बढी लाभदायक र नबिनतम् बिमा योजनाहरु ल्याउने उनले बताए। 

बार्षिक साधारणसभाबाट वार्षिक लेखापरीक्षण प्रतिवेदन सहित कम्पनीको गत आर्थिक बर्षको वासलात तथा हिसाव समेत स्वीकृत भएको छ।    सभाले संस्थापक समूहवाट प्रतिनिधित्व गर्ने संचालक पदमा डा. रामहरि अर्याल, इश्वर कुमार कार्की, दिप चन्द्र रेग्मी, संजय अधिकारी साथै विज्ञ स्वतन्त्र सञ्चालकको रुपमा अश्विनी कुमार ठाकुरलाई निर्वाचित गरेको छ। नव निर्वाचित संचालकहरुले आजै पदवहाली तथा शपथ ग्रहण गरेको बिजपाटिलाई जानकारी दिइएको छ। 

                                                                                            


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved