घाटामा रहेको जेबिल्सले गर्यो लाभांश घोषणा, अनुमति नै नपाएको हकप्रदले पनि पाउने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 14, 2018 | 09:17:16 AM मा प्रकाशित

laxmi  sunrise bank

जेबिल्स फाइनान्सले हालै बिक्रि गरेको शतप्रतिशत हकप्रद र पाइपलाइनमा रहेको ४० प्रतिशत हकप्रदले समेत पाउने गरि गत आर्थिक बर्षको कमाईबाट लाभांश घोषणा गरेको छ। 

फाइनान्सको पुष २८ मा बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश दिने निर्णय गरेको जनाइएको छ। 

गत असोज २ देखि कात्तिक २० सम्म बिक्रि खुला गरेको शतप्रतिशत हकप्रद र पाइपलाइनमा रहेको ४० प्रतिशत हकप्रदले समेत पाउने हुँदा उक्त बोनस सेयरको दर ३.५७ प्रतिशत हुन आउंछ। अर्थात जेबिल्सले गत आर्थिक बर्षको कमाईबाट ३।५७ प्रतिशत बोनस सेयर घोषणा गरेको छ। 

उक्त प्रस्ताब नेपाल राष्ट्र बैंक र फाइनान्सको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा लाभांश बितरण हुनेछ। जेबिल्सले गत बर्ष १२.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

फाइनान्सले शतप्रतिशतका दरले हकप्रद बिक्रि खुला गर्दा अवितरित ३ लाख ७२ हजार ४२७।५० कित्ता सेयर यहि माघ ७ देखि माघ १४ सम्म  लिलाम मार्फत बिक्रि गर्ने भएको छ। साथै फाइनान्सले १०० प्रतिशत हकप्रद वितरण पश्चात हुन आउने चुक्ता पुंजीबाट ४० प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब धितोपत्र बोर्डमा पठाएको छ। 

उक्त ४० प्रतिशत हकप्रद समेतले पाउने गरि फाइनान्सले ३।५७ प्रतिशत बोनस सेयर घोषणा गरेको हो। शतप्रतिशत हकप्रद र पाइपलाइनमा रहेको ४० प्रतिशत हकप्रद बितरण पश्चात फाइनान्सको चुक्ता पुंजी ८० करोड ९० लाख ७७ हजार ५०० पुग्नेछ। यस पुंजीको ३।५७ प्रतिशत बोनस सेयर बितरण पश्चात फाइनान्सको चुक्ता पुंजी ८३ करोड ७९ लाख ७३ हजार १२५ पुग्नेछ। फाइनान्स चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २५ लाख ७१ हजार खुद नोक्सानीमा रहेको छ। फाइनान्सले गत आर्थिक बर्ष ३ करोड ६२ लाख खुद मुनाफा गरेको छ।    


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved