दुई अर्ब बढीको म्युचुअल फण्डका इकार्इ बिक्रि हुँदै, माघ २ देखि आबेदन खुला

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 15, 2018 | 05:33:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको पुँजी बजारमा नयाँ-नयाँ अवसर तथा लगानीका स्रोतको पहिचान हुँदै गरेको सन्दर्भमा म्युचुअल फण्डमा एकपछि अर्को गर्दै आकर्षण बढ्दै गएको छ । पूँजी बजारमा लगातार विभिन्न बैंक तथा वित्तीय कम्पनीका सहायक कम्पनीले म्युचुअल फण्डको बिक्री गर्ने क्रम बढ्दै गएको सन्दर्भमा मंगलबारदेखि दुई बाणिज्य बैंकको सहायक कम्पनीहरुले म्युचुअल फण्डको बिक्री शुरु गर्ने भएका हुन् ।

दुई कम्पनीले दुई अर्ब बराबरको म्युचुअल फण्डको बिक्री गरेका हुन् । नेपाल स्टक एक्सचेन्जमा हाल कूल ११ कम्पनीका त्यस्ता फण्डको कारोबार भइरहेको छ । पछिल्लो पटक सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआइएल क्यापिटलले एक अर्ब बराबरको सामूहिक लगानी कोषको इकाई बिक्री गर्ने भएको छ ।

सो क्यापिटलले १० रुपैयाँ प्रतिइकाईका दरले १० करोड इकाई बिक्री गर्न लागेको हो । जसमध्ये १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडलाई र बाँकी आठ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्कासन खुल्ला हुन लागेको हो ।

कम्पनीका अनुसार प्रतिइकाई १० का दरले न्यूनतम १०० इकाई अर्थात् १०० रुपैयाँ र अधिकतम २० लाख इकाई अर्थात् दुई करोड रुपैयाँ बराबरको आवेदन दिन सकिनेछ । क्यापिटलले ल्याएको सातवर्षे बन्दमुखी यो सामूहिक लगानी कोषमा आगामी माघ २ गतेदेखि छिटोमा माघ ७ र ढिलोमा माघ १७ सम्म आवेदन दिन सकिने जनाइएको छ । म्युचुअल फण्डले ७ वर्षको औसतमा साढे २२ प्रतिशतको वार्षिक प्रतिफल दिने लक्ष्य लिएको सिबिआईएल क्यापिटलले जनाएको छ । 

एनआइसी एशिया क्यापिटलले व्यवस्थापन गरेको एनआइसी एशिया ग्रोथ फण्डको बिक्री समेत मंगलबारदेखि शुरु हुने भएको छ । एनआइसी एशिया क्यापिटल म्युचुअल फण्डको आकार एक अर्ब बराबरको छ । जसमध्ये १५ प्रतिशत कोष प्रवद्र्धक एनआइसी एशिया बैंकलाई सुरक्षित गरिएको छ ।

बाँकी रहेको आठ करोड ५० लाख इकाई विभिन्न संघसंस्था तथा व्यक्तिका लागि बिक्री गरिनेछ । यो योजना छिटोमा माघ ८ गते तथा ढिलोमा माघ २१ गते सम्म बिक्री गरिनेछ । यो म्युचुअल फण्डमा सहभागी हुन चाहने संघसंस्था तथा व्यक्तिले न्यूनतम १०० इकाईदेखि अधिकतम २० लाख इकाईसम्म खरिद गर्न सक्नेछन् । उक्त म्युचुअल फण्डले औसत वार्षिक न्यूनतम १६ प्रतिशतसम्म नगद लाभांश दिने विश्वास दिलाएको छ ।


उक्त म्युचुअल फण्डको वार्षिक प्रतिफल पहिलो वर्ष १५.५७ तथा सातौं वर्षमा १६.१३ प्रतिशत दिने लक्ष्य लिएको कम्पनीले जनाएको छ । रासस 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved