नेको इन्स्योरेन्सले माघ २६ गतेदेखि हकप्रद निष्काशन गर्ने, उपत्यका भित्र र बाहिर कहाँ दिने आवेदन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 22, 2018 | 08:40:12 AM मा प्रकाशित

laxmi  sunrise bank

 नेको इन्स्योरेन्सले माघ २६ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ  ।   इन्स्योरेन्सले  २:१ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । 

कम्पनीले अब  ३९ लाख २० हजार ९ सय २८ दशमलव ११ कित्ता हकप्रद निष्काशन गर्ने छ  । हकप्रद निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले माघ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ  ।  माघ ८ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन्  । लगानीकर्ताले फागुन १ गतेसम्म हकप्रद भर्न सक्ने छन् । 

लगानीकर्ताले उपत्यका भित्र र बाहिर निम्न स्थानमा आवेदन दिन सक्ने छन् ।


कम्पनीको असोज १० गते बसेको २२ साधारणसभाले १० प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद प्रस्ताव पारित गरेको थियो । हाल कम्पनीको चुक्ता पुंजी  ७१ करोड २८ लाख रहेकोमा ५० प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी १ अर्ब १७ करोड पुग्ने छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved