बजारमा २६ करोडको मात्र कारोबार, कमाउनेमा एभरेस्ट इन्स्योरेन्सका लगानीकर्ता अगाडी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 24, 2018 | 01:31:22 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन आज बुधबार बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ  । तिब्र उतार चढाव देखिएको नेप्से बजार बन्द हुँदा १.६९ अंकले बढेर १३९४.७३ को बिन्दुमा  हरियो भएर बन्द भएको हो  । आज कारोबारमा आएका १५६ कम्पनीका ९ लाख ३८ हजार ३ सय ८ कित्ता शेयर खरिद बिक्रिबाट १६ करोड १५ लाख २५ हजार ५ सय ५३ रुपियाँको कारोबार भएको छ  । 

आज कारोबारमा आएका फाइनान्स, उत्पादन र माइक्रोफाइनान्स बाहेकका सबै सूचक बढेका छन्  ।

आज नेपाल फाइनान्स लिमिटेडको संस्थापक शेयरको सबै भन्दा धेरै ३ करोड ५४ लाख बराबरको कारोबार भएको छ  । अन्य बढी कारोबार हुनेमा नबिल बैंक, बुटवल पावर कम्पनी, स्ट्याण्डर्ड चार्टड बैंक, प्रभु बैंक लगायत रहेका छन्  ।

आज एभरेस्ट इन्स्योरेन्सका लगानिकर्ताले सर्बाधिक ५.६४ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा सिन्धु विकास बैंक, सिनर्जी पावर, देव विकास बैंक लगायत रहेका छन्  ।  त्यस्तै आज हिमालयन डिस्टिलरीका लगानीकर्ताले सर्बाधिक ५.८ प्रतिशत गुमाएका छन्  । अन्य बढी गुमाउनेमा समिट माइक्रोफाइनान्स, रिडी हाइड्रो, वल्ड मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स लगायत रहेका छन्  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved