यस्तो छ सी आस्वाबाट आइपीओ,एफपीओ र हकप्रद भर्ने तरिका (भिडियो सहित)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 24, 2018 | 02:59:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आश्वालाई प्रणालीलाई थप ब्यबस्थित, सर्वसुलभ र चुस्त बनाउन 'सी आश्वा' प्रणाली पूर्ण रुपमा लागु गरेको छ। सिडिएसले सार्वजनिक सूचना प्रकाशित गर्दे पूर्ण रुपमा सि आश्वा प्रणाली लागु गरिने बताएसंगै सी आस्वा के हो र कसरि आबेदन गर्ने भन्ने अन्यौल देखिएको छ। 

सी आश्वा प्रणाली लिनका लागि बैंक तथा वित्तीय संस्था र सेयर निष्काशन तथा बिक्रि प्रबन्धकबाट सुरुमा सफ्टवेयरका लागि ५० हजार र मर्मत शुल्कका लागि बार्षिक २० हजार लिने सिडिएसले आफैले सी आस्वाको प्रयोगका सम्बन्धमा जानकारी दिनुपर्ने हो। तर त्यस्तो हुन सकेको छैन। 

तथापि लगानीकर्तालाई सी आस्वा बारे जानकारी दिने उदेश्यले सेयर निष्काशन तथा बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलको सेवालाई नमुनाका रुपमा भिडियोमा प्रस्तुत गरिएको छ।     

यो प्रणाली कार्यान्वयनमा आएसँगै अब घरमै बसेर आइपिओ, एफपिओ तथा हकप्रद शेयरमा आवेदन दिन सकिने भएको छ । यो प्रणालीले धितोपत्र बाँडफाँडको प्रक्रिया समेत छोटिने भएको छ । 

सिडिएसका प्रबक्ता सुरेश न्यौपानेका अनुसार यस प्रणाली पूर्ण रुपमा कार्यन्वयन भईसकेपछि धितोपत्रको सार्बजनिक निष्काशनको बन्द भएको भोली पटक नै धितोपत्र बाँडफाँड गर्न सकिन्छ । उनले भोलिपल्टै धितोपत्र बाँडफाँड गर्न सम्भव हुने भए पनि सिडिएसले कम्तिमा १ हप्ता भित्र  धितोपत्र बाँडफाँड गर्ने लक्ष्य लिएको बिजपाटिलाई बताए।

यो प्रणालीको प्रयोगले आवेदकको हितग्राही खाता आवेदन गर्नु पूर्व नै रुजु गरिने हुँदा कुनै पनि आवेदक हितग्राही खाता नमिलेको कारण बाँडफाँड प्रक्रियाबाट बञ्चित हुनु नपर्ने सिसडएसिले भनाई छ। 

सि-आस्वामा एक पटक दर्ता भइसकेका लगानीकर्ताले घरमै बसेर इन्टरनेटको माध्यमबाट खरिद आवेदन दिन सक्नेछन । त्यस्तै बैंक तथा वित्तीय संस्थामा प्राप्त भएका आवेदन सम्बन्धि विवरण बिक्री प्रबन्धकलाई सफ्टवेयर मार्फत सोझै प्राप्त हुनेछ।

हालसम्म सि-आस्वा प्रणालीमा २५ वटा बैंक तथा वित्तिय संस्थाहरु मात्र आवद्ध रहेका छन्।  सिडिएसले सम्पूर्ण आश्वा सदस्यलाई सी आश्वा प्रणालीमा आउँन समेत अनुरोध गरेको छ ।त्यस्तै सिडिएसले लगानीकर्तालाई पनि आफ्नो बैंक खाता रहेको बैंक मार्फत सि आस्वामा दर्ताभई सि आस्वा रजिष्ट्रेशन नम्बर लिन आग्रह समेत गरेको छ ।

यहि माघ १५ गतेदेखि बुटवल पावर कम्पनीको एफपिओ निष्काशन गर्दै छ । उक्त निष्काशनमा अनिवार्य सी आश्वा प्रयोग हुने सिडिएसले जानकारी दिएको छ । सी आश्वा केंद्रिकित प्रणाली भएको तर अनलाइनबाट नै शेयर भर्नु पर्ने बाध्यता भने नरहेको सिडिएसले स्पष्ट पारेको छ  । अर्थात् हाल जस्तै बैंकमा गएर फर्म भरेर नै लगानीकर्ताले शेयरमा आवेदन दिन सक्ने छन।

हेर्नुस भिडियो  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved