सेन्चुरी बैंकमा देखियो प्रगतिको छनक, नाफा ४५ प्रतिशतले बढ्दा सेयरमा लगानी कति उचित ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 28, 2018 | 09:58:48 AM मा प्रकाशित

laxmi  sunrise bank

कान्छो बाणिज्य बैंकको रुपमा संचालनमा आएको सेन्चुरी कमर्शियल बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा सुधारिएको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन ३ विकास बैंक र २ फाइनान्सलाई प्राप्त गरेको सेन्चुरीले यस अवधिमा ४५ प्रतिशतले खुद मुनाफा वृद्धि गरि ३२ करोड ५१ लाख खुद मुनाफा गरेको छ। बैंकले अरनिको, इन्नोभेटिब, अल्पाइन डेभलपमेन्ट बैंक तथा सेती र सगरमाथा फाइनान्सलाई प्राप्त गरेको हो।     

यस अवधिमा बैंकले ५२ अर्ब १७ करोड निक्षेप संकलन गरि४७ अर्ब २ करोड कर्जा प्रवाह गरेको छ। निक्षेप र कर्जा प्रवाहमा क्रमश:५९ र ६२ प्रतिशतले वृद्धि गरेको बैंकले २० प्रतिशतले बढेर ३९ करोड २७ लाख संचालन मुनाफा गरेको छ। 

चुक्ता पुंजी ३ अर्ब ६८ करोडबाट ७ अर्ब ६७ करोड पुर्याएको बैंकको जगेडा कोष रकम समेत ११० प्रतिशतले वृद्धि भई १ अर्ब ७६ करोड पुगेको छ।  यस अवधिमा सेन्चुरीको कर्जा निक्षेप अनुपात ७६।०५ प्रतिशत छ भने आधार ब्याज दर ११।६१ प्रतिशत छ। बैंकले कर्जा बिस्तार गर्न सक्ने भएपी सस्तो ब्याज दरमा कर्जा प्रवाह गर्न नसक्ने देखिएको छ। बैंकको खराब कर्जा अनुपात भने ०।४७ प्रतिशतबाट बढेर ०।९९ प्रतिशतमा उक्लिएको छ।  

यस अवधिमा बैंकको प्रति सेयर आम्दानी ८ रुपैयाँ ४७ पैसा, प्रति सेयर नेटवर्थ १२२ रुपैयाँ ९३ पैसा र मूल्य आम्दानीको अनुपात २३।४९ गुणा छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved