चुक्ता पुंजी ८ अर्ब पुर्याईसकेको नेपाल बैंकले १ करोड ७६ लाख ८४ हजार कित्ता एफपिओ निष्काशन गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 07, 2018 | 09:02:59 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक लिमिटेडएले एफपिओ निष्काशन गर्ने भएको छ । बैंकको माघ २३ गते बसेको संचालक समितिको बैठकले चुक्ता पुंजी बिक्रि गर्न प्रिमियम मूल्यमा १ अर्ब ७६ करोड ८४ लाख ८५ हजार ८ सय रुपैयाँ बराबरको एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ जारी गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव आगामी साधारणसभामा लैजाने बैंकले जनाएको छ ।

राष्ट्र बैंकले तोकेको न्यूनतम आठ अर्ब चुक्तापूँजी पुर्याईसकेपछि बैंकले थप सार्वजनिक निष्कासन एफपिओ जारी गर्ने तयारी गरेको हो  । हाल बैंकको चुक्ता पुंजी  ८ अर्ब ४ करोड २६ लाख रुपैंया रहेको छ  ।

बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा एक अर्ब ६३ करोड ८४ लाख खुद नाफा कमाएको छ ।

 हाल बैंकमा सरकारको सेयर स्वामित्व  ६२.३८ प्रतिशत छ । एफपिओपछि सरकारको स्वामित्व ५१ प्रतिशतमा झर्ने छ  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved