राष्ट्र बैंकबाट सिद्दार्थ बैंकको लाभांश प्रस्ताव स्वीकृत, साधारणसभाको लागि बाटो खुल्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 07, 2018 | 01:02:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले सिद्दार्थ बैंकको लाभांश प्रस्ताव स्वीकृत गरेको छ ।  राष्ट्र  बैंकले माघ २३ गते प्रस्ताव स्वीकृत गरेको बैंकले जनाएको छ ।

सिद्दार्थ बैंकले लगानीकर्तालाई गत आर्थिक बर्षको मुनाफा बाट १४ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको थियो । अब  बैंकको आगामी १६ औ बार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्तामा लाभांश बितरण हुनेछ।

बैंकको हाल चुक्ता पुंजी ६ अर्ब ८२ करोड रहेकोमा प्रस्तावित बोनस बितरण पछि बैंकको चुक्ता पुंजी ७ अर्ब ७८ करोड पुग्ने छ। प्रस्तावित १४ प्रतिशत बोनस शेयर र  १० प्रतिशत  हकप्रद शेयर समेतबाट बैंकको चुक्ता पुँजी ८ अर्ब ४६ करोड पुग्नेछ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ७७ करोड २८ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved