यस्तो छ सी आश्वा र मेरोशेयरबाट उपलब्ध हुने सेवा सुबिधा प्रयोग गर्ने तरिका (STEP BY STEP)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 07, 2018 | 08:35:09 PM मा प्रकाशित

laxmi  sunrise bank

आश्वा प्रणालीलाई थप ब्यबस्थित, सर्वसुलभ र चुस्त बनाउन फागुन ११ गते  'सी आश्वा' प्रणालीलाई अनिवार्य गर्ने नेपाल धितोपत्र बोर्ड र सिडिएस एण्ड क्लियरिङ लिमिटेड तयारी छ । सी आश्वाको लागि लगानीकर्ताले आफुले शेयर भर्दा प्रयोग गर्ने खाता भएको बैंकमा गएर पहिलो एक पटक सी आस्वाको विबरण भरेर सी आश्वा रजिष्ट्रेशन नम्बर (सीआरएन) लिनु पर्ने हुन्छ । त्यस पछि अनलाइनबाट जुनसुकै स्थानबाट पनि सजिलै आवेदन दिन सकिन्छ  ।

 यो प्रणाली कार्यान्वयनमा आएसँगै अब घरमै बसेर आइपिओ, एफपिओ तथा हकप्रद शेयरमा आवेदन दिन सकिने  छ । यो प्रणालीले धितोपत्र बाँडफाँडको प्रक्रिया समेत छोटिने भएको छ । सिडिएसका प्रबक्ता सुरेश न्यौपानेका अनुसार यस प्रणाली पूर्ण रुपमा कार्यन्वयन भईसकेपछि धितोपत्रको सार्बजनिक निष्काशनको बन्द भएको भोली पटक नै धितोपत्र बाँडफाँड गर्न सकिन्छ । उनले भोलिपल्टै धितोपत्र बाँडफाँड गर्न सम्भव हुने भए पनि सिडिएसले कम्तिमा १ हप्ता भित्र  धितोपत्र बाँडफाँड गर्ने लक्ष्य लिएको बताए  ।

यो प्रणालीको प्रयोगले आवेदकको हितग्राही खाता आवेदन गर्नु पूर्व नै रुजु गरिने हुँदा कुनै पनि आवेदक हितग्राही खाता नमिलेको कारण बाँडफाँड प्रक्रियाबाट बञ्चित हुनु नपर्ने सिसडएसिले जनाएको छ । सि-आस्वामा एक पटक दर्ता भइसकेका लगानीकर्ताले घरमै बसेर इन्टरनेटको माध्यमबाट खरिद आवेदन दिन सक्नेछन । त्यस्तै बैंक तथा वित्तीय संस्थामा प्राप्त भएका आवेदन सम्बन्धि विवरण बिक्री प्रबन्धकलाई सफ्टवेयर मार्फत सोझै प्राप्त हुने छ ।

यसैबीच सिडिएसले लगानीकर्ताको सहजताको लागि मेरो शेयरको माध्यमबाट सी आश्वा मार्फत शेयर भर्ने तरिका सहितको 'मेरो शेयर दिग्दर्शन सार्बजनिक गरेको छ । यसमा मेरो शेयरबाट गर्न सकिने कार्यहरू र ति कार्य गर्ने तरिकाहरु सरल भाषामा उल्लेख छ ।

हेर्नुस कसरी प्रयोग गर्ने मेरो शेयर ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved