बुटवल पावरको एफपीओमा अब संस्थागत लगानीकर्ताले पनि आबेदन दिन पाउने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 08, 2018 | 08:26:22 PM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल पावर कम्पनी लिमिटेडले निष्कासन गरेको नयाँ साधारण सेयर (एफपीओ) मा संस्थागत लगानीतर्काले पनि आवेदन दिन पाउने भएका छन। संस्थागत लगानीकर्ताले शुक्रबार अर्थात माघ २६ देखि एफपीओमा आबेदन भर्न पाउने शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ। 

क्यापिटलका प्रमुख संचालन अधिकृत कमल नेपालले बिजपाटिलाई दिएको जानकारी अनुसार बुटवल पावरको एफपीओमा संस्थागत लगानीकर्ताले समेत शुक्रबार अर्थात माघ २६ देखि आबेदन भर्न पाउनेछन । 

गत माघ १५ गतेदेखि बुटवल पावरले निष्काशन गरेको ४० करोड ८१ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपिओमा सर्वसाधारण लगानीकर्ताबाट माग अनुसार पर्याप्त आबेदन नपरेपछि संस्थागत लगानीकर्तालाई समेत आबेदन खुला गरिएको हो।

छिटोमा माघ १९ गतेसम्म आबेदन दिन सकिने व्यवस्था गरिएकोमा एफपीओको म्याद थप गरिएको हो। यस अघि बुटवल पावरको एफपीओमा आबेदनको म्याद छिटोमा माघ १९ गते र ढिलोमा फागुन १५ तय गरिएको थियो।  

एकातर्फ दोस्रो बजारमा बुटवल पावरको सेयर मुल्य घटेपछि सर्वसाधारणले एफपीओमा कम आकर्षण देखिएको छ भने अर्को तर्फ अधिकांश लगानीकर्ताले १० कित्ताका लागि मात्र आबेदन दिएकाले बुटवल पावरको एफपीओमा निष्काशन गरिएको भन्दा कम आबेदन परेको हो। 

क्यापिटलले दिएको जानकारी अनुसार पछिल्लो ६ दिनमा करिब ८० हजार आवेदकबाट १ अर्ब १७ करोड रुपैयाँ बराबरको आबेदन परेको छ। अर्थात बुटवल पावरको एफपीओमा अझै ४० प्रतिशत आबेदन पर्न बाँकी छ। 

इच्छुकले न्युनतम १० कित्ता अर्थात ५ हजार १ सय रुपैयाँ बराबरको र अधिकतम २० हजार ४०० अर्थात १ करोड २ लाख २० हजार ४०० रुपैयाँको आबेदन दिन सक्नेछन।   

लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी,लक्ष्मी क्यापिटल बानेश्वर, बुटवल पावर कम्पनी, वुद्ध नगरबाट आबेदन फारम प्राप्त गरि आबेदन दिन सक्नेछन। साथै आफ्नो खाता रहेको आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट समेत अनलाइन मार्फत आबेदन दिन सक्नेछन। 

एफपीओ बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी २ अर्ब २१ करोड नाघ्नेछ। हाल कम्पनीको चुक्ता पुंजी डेढ अर्ब रहेको छ। कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ७ करोड २२ लाख खुद मुनाफा गरेको छ।      

त्यस्तै कम्पनीले एफपीओ निष्काशनका लागि इक्रा नेपालबाट ग्रेड ३ पाएको छ। ग्रेड ३ पाउनुले एफपीओ बिक्रि खुला गरेको बुटवल पावरको   वित्तीय अवस्था औषत भएको देखाउंछ।  यस साताको अन्तिम कारोबारको दिन बुटवल पावरको सेयर प्रति कित्ता ५४५ रुपैयाँमा कारोबार भएको छ। 


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved