नेपाल लाइफ झनै मजबुत बन्दै, प्रमुख सूचकमा देखियो उल्लेख्य प्रगति

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 11, 2018 | 08:43:40 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा उल्लेख्य प्रगती गरेको वित्तीय बिबरण सार्वजनिक गरेको छ। नेपालको जीवन विमा कम्पनीहरुमा अव्वल देखिएको नेपाल लाइफले यस अवधिमा दोब्बरले बढाएर २७ करोड ९६ लाख खुद मुनाफा गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा नेपाल लाइफले १५ करोड ३० लाख खुद मुनाफा गरेको थियो। 

बिमा समितिले तोकेको भन्दा बढी चुक्ता पुंजी भएको नेपाल लाइफको जगेडा कोष, जीवन विमा कोष, महाबिपत्ति कोष झनै मजबुत बनाएको छ। यस अवधिमा नेपाल लाइफको चुक्ता पुंजी ३ अर्ब ९ करोड छ भने जगेडा कोषमा ५ अर्ब २ करोड छ। त्यस्तै जीवन विमा कोष ३५ अर्ब १७ करोडबाट बढेर ४५ अर्ब ६३ करोड पुगेको छ भने महाविपत्तीकोषमा ३२ करोड ५३ लाख जम्मा गरेको छ। 

गत आर्थिक बर्षको यस अवधिमा ४ अर्ब ८५ करोड बिमा शुल्क आर्जन गरेको नेपाल लाइफले यस अवधिमा ७ अर्ब १४ करोड बिमा शुल्क आर्जन गरेको छ। त्यस्तै अहिलेसम्म कम्पनीले ५९ अर्ब ६० करोड कुल बीमा शुल्क आर्जन गरेको छ। त्यस्तै कम्पनीको बिमा लेख संख्या १० लाख ९ हजारबाट बढेर १० लाख ८० हजार पुगेको छ। 

यस अवधिमा नेपाल लाइफको प्रति शेयर आम्दानी १८ रुपैयाँ ६ पैसा, प्रति सेयर नेटवर्थ २७२ रुपैयाँ ९३ पैसा र मुल्य आम्दानीको अनुपात ९८ रुपैयाँ ८७ पैसा छ। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved