बाम सरकारको पुर्वसन्ध्यामा शेयरबजारमा सामान्य सुधार, कारोबार रकम पनि १४ करोडले बढ्यो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 14, 2018 | 02:07:05 PM मा प्रकाशित

laxmi  sunrise bank

केहि दिन यता निरन्तर ओरालो लागेको शेयरबजारमा बुधबारको कारोबार थोरै भएपनि चमक देखिएको छ। नेप्से परिसूचक ८।६५ अंकले बढेर १३८८९४ को बिन्दुमा पुग्दा कारोबार रकम समेत बढेर ३८ करोड पुगेको छ। 

बुधबार कारोबार आएका १५५ कम्पनीका ९ लाख ३१ हजार शेयर खरिद बिक्रिबाट ३८ करोड ६४ लाखको कारोबार भएको छ। जसमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड ५० लाख बराबरको संस्थापक शेयर खरिद बिक्रि भएको छ। त्यस्तै प्रभु बैंकको शेयर 'बल्क' मा कारोबार हुँदा त्यसले समग्र नेप्सेको कारोबार भोलुम बढाएको छ।  

बुधबारको कारोबारमा आरएसडिसी लघुवित्तका शेयरधनीले सबै भन्दा बढी प्रति कित्ता ८४ रुपैयाँ कमाएका छन भने कन्चन डेभलपमेन्ट बैंकका शेयरधनीहरुले सबै भन्दा बढी प्रति कित्ता १२ रुपैयाँ गुमाएका छन। 

बाम गठबन्धनका प्रमुख घटक नेकपा एमाले र माओवादी केन्द्रले सरकार गठन प्रक्रियामा तिब्रता दिएसंगै त्यसले शेयरबजारमा सकारात्मक संदेश दिएको विश्लेषण गरिएको छ। बाम सरकार गठनको प्रक्रियाले गति लिने अवस्था भएसंगै पख र हेरको अवस्थामा रहेका केहि लगानीकर्ताले कारोबारको अन्तिम समयमा शेयर उठाउँदा त्यसले कारोबार रकम र परिसूचकलाई नै टेवा मिलेको बताइएको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved