कालिका पावरको आइपीओमा आबेदन दिने आज अन्तिम दिन, कहाँबाट दिने आबेदन ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 18, 2018 | 05:40:40 AM मा प्रकाशित

laxmi  sunrise bank

कालिका पावर कम्पनीले आयोजना प्रभावित गोरखाका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको साधारण सेयरमा आबेदन दिने आज अन्तिम दिन हो। कम्पनीले आयोजना प्रभावित गोरखाका स्थानीय बासिन्दाका लागि माघ २१ देखि फागुन ६ सम्मका लागि ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आइपीओ बिक्रि खुला गरेको हो। 

कम्पनीले निष्काशन गरेको ६ लाख आईपीओ मधे २ लाख ४० हजार कित्ता आयोजनाबाट बढी प्रभावित गोरखाको तत्कालीन मुच्चोक, सौरपानी, ताकुमाझ लाकुरीबोट, मसेल, श्रीनाथ कोट, ताप्ले, नारेश्वर गाविस र गोरखा नगरपालिका वडा नं ४, ५ तथा १३ का बासिन्दाहरुका लागि छुट्याइएको छ भने बाँकी ३ लाख ६० हजार कित्ता गोरखा जिल्लाका स्थानीय बासिन्दाका लागि छुट्याइएको हो। 

गोरखाका स्थानीय वासिन्दाले न्युनतम १० र अधिकतम ३००० कित्तासम्मका लागि आबेदन दिन पाउनेछन। कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा काठमाडौं क्यापिटल र ग्लोबल आइएमई क्यापिटल रहेका छन।    

लगानीकर्ताले कालिका पावर कम्पनी आयोजना स्थल चनौटे गोरखा तथा साँग्रिला डेभलपमेन्ट बैंकको गोरखा, आरुघाट, घ्याम्पेसाल, पालुङटार र छेवेटार शाखाबाट सेयर भर्न सक्नेछन् । 

अन्य समयमा नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्वा सेवा प्रदायक बैंक वित्तीय संस्थाबाट पनि सेयर भर्ने व्यवस्था गरिदै आएकोमा कालिका पावरको सेयरमा भने आस्वाबाट भर्ने व्यवस्था गरिएको छैन। 

कम्पनीले आफ्नो जारि पुंजीको १० प्रतिशत सेयर आयोजना प्रभावितका लागि जारि गरेको हो। योजना प्रभावितलाई बिक्रि तथा वितरण पश्चात कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आइपीओ सर्वसाधारणलाई जारि गर्नेछ। कम्पनीले गोरखामा ६ मेगावाटको दरौंदी 'ए' परियोजना संचालन गरिरहेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved