अरुण भ्याली हाइड्रोपावरले एफपीओ स्थगन गर्ने, शतप्रतिशत हकप्रदपछि चुक्ता पुंजी कति ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 20, 2018 | 10:02:56 AM मा प्रकाशित

laxmi  sunrise bank

अरुण भ्याली हाइड्रोपावर कम्पनीले एफपीओ निष्काशन स्थगित गरि शतप्रतिशत हकप्रद बिक्रि गर्ने भएको छ। कम्पनीको फागुन ७ मा बसेको  संचालक समितिको बैठकले एफपीओ निष्काशन गर्ने पुर्व निर्णयलाई स्थगित गरि शतप्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब गरेको नेप्से मार्फत जनाइएको छ। 

कम्पनिले एफपीओ स्थगित गरि एक बराबर एक अर्थात शतप्रतिशतको दरले हकप्रद बिक्रि गर्ने बिशेष प्रस्ताब बिशेष साधारणसभामा लैजाने निर्णय गरेको छ। 

अरुण भ्यालीले यस अघि १ सय रुपैयाँ अंकित दरमा २१० रुपैयाँ प्रिमियम मूल्य गरि प्रति कित्ता ३१० रुपैयाँमा एफपीओ निष्काशन गर्ने निर्णय गरेको गरेको थियो। कम्पनीले संस्थापक र साधारण सेयर अनुपात ७०:३० बाट ५१:४९ को अनुपात बनाउन ३१ लाख ५७ हजार ८ सय ८३ कित्ता एफपीओ बिक्रि गर्ने निर्णय गरेको थियो।   

कम्पनीले गत आर्थिक बर्षको कमाईबाट १० प्रतिशत बोनस शेयर वितरण गरेको छ। चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा कम्पनीको चुक्ता पुंजी ९३ करोड ३० लाख छ। कम्पनीले यस अवधिमा १ करोड ७२ लाख खुद मुनाफा गरेको छ भने जगेडा कोषमा २ करोड १४ लाख छ। शतप्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी १ अर्ब ८६ करोड पुग्नेछ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved