राष्ट्रिय बिमा कम्पनिद्वारा एकैपटक ६ आर्थिक बर्षको बाेनस प्रस्ताव

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 25, 2018 | 08:19:02 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय बिमा कम्पनि लिमिटेडले लाभांश प्रस्ताब गरेको छ। कम्पनिको फागुन १० गते बसेको संचालक समितिको बैठकले एकसाथ ६ आर्थिक बर्षको लाभांश वितरण गर्ने प्रस्ताब गरेको जनाइएको छ। 

कम्पनीले आर्थिक बर्ष २०६३-६४ देखि ०६८-६९ सम्म गरि एकसाथ १२० प्रतिशत बोनस सेयर बितरण गर्ने प्रस्ताब गरेको हो। उक्त प्रस्ताब कम्पनिको साधारणसभा र बिमा समितिले पारित गरेपछि मात्र शेयरधनिहरुमा लाभांश बितरण हुनेछ। 

कम्पनीले आर्थिक बर्ष ०६९/७० देखि आर्थिक बर्ष ०७१/७२ सम्मको लेखा परिक्षणको काम सम्पन्न गरिसकेको र आर्थिक बर्ष ०७२/७३ सम्मको लेखापरिक्षण यसै आर्थिक बर्षभित्र पुरा गरी साधारण सभा आह्वान गर्ने तयारीमा रहेको बताएको छ। 

कम्पनीले गत बैशाख २२ गते आर्थिक बर्ष २०६०-६१, २०६१-६२ र ०६२-०६३ को साधारणसभा एकै पटक गरेको थियो। २०६३ सम्मको साधारणसभा सम्पन्न गरि ११४ प्रतिशत बोनस सेयर वितरण गरेको राष्ट्रिय बिमा कम्पनिको चुक्ता पुंजी हाल २६ करोड ६६ लाख छ। 

प्रस्तावित १२० प्रतिशत बोनस सेयर बितरण पश्चात कम्पनीको चुक्ता पुंजी ५८ करोड ६५ लाख पुग्नेछ। कम्पनीले २०७५ असार मसान्तसम्म चुक्ता पुंजी १ अर्ब पुर्याउनुपर्नेछ। कम्पनिले १ अर्ब चुक्ता पुंजी पुर्याउन अपुग ४१ करोड रुपैयाँ बोनस र एफपीओ मार्फत पुर्याउने बताउदै आएको छ।  

बिगतमा राष्ट्रिय बीमा संस्थानको निर्जिवन बीमा बिभागको रुपमा रहेको कम्पनी ०७१ साउनमा अलग भएर राष्ट्रिय बीमा कम्पनी बनेको हो। अलग्गै कम्पनि बनेपछि कम्पनिले हरेक बर्षको लेखापरीक्षण गराउदै आएको छ। कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ३७ करोड २५ लाख खुद मुनाफा आर्जन गरेको छ।    



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved