ओम डेभलपमेन्ट बैंकको मुल्य समायोजन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 26, 2018 | 09:17:38 AM मा प्रकाशित

laxmi  sunrise bank

ओम डेभलपमेन्ट बैंकको मुल्य समायोजन भएको छ  । नेप्सेले आज सोमबार बैंकको सेयरमूल्य समायोजन गरेको हो ।

 १७.६९ प्रतिशत बोनसमा मूल्य समायोजन भएको छ  । समायोजनपछिको मूल्य  १९७ रुपैयाँ कायम भएकाे छ । बैंकको १८० दिनको सेयर कारोबारको आधारमा औसत आधारमूल्य प्रतिकित्ता २७२ रुपैयाँ निर्धारण भएको छ ।

बैंकको बोनस शेयर सुरक्षित गर्ने हिजो अन्तिम दिन रहेको थियो  । बैंकले फागुन २५ गते  बार्षिक साधारण सभा आह्वान गरेको छ ।

हाल बैंकको चुक्ता पुंजी दुई अर्ब १३ करोड ७१ लाख रुपैयाँ रहेको छ  । बोनसपछि बैंकको चुक्ता पुंजी दुई अर्ब ५१ करोड ५१ लाख रुपैयाँ   पुग्नेछ ।

चालु आवको दोस्रो त्रैमासमा ओमले १५ करोड तीन लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved