बुटवल पावरको एफपिओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आबेदन ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 27, 2018 | 07:42:56 AM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल पावरले कम्पनी लिमिटेडले गत माघ १५ गतेदेखि निष्कासन गरेको नयाँ साधारण सेयर (एफपीओ) मा आबेदन दिने आज फागुन १५ गते अन्तिम दिन रहेको छ । 

कम्पनिले ४० करोड ८१ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपिओ बिक्रि खुला गरेको थियो।  बुटवल पावरको एफपीओमा आबेदनको म्याद छिटोमा माघ १९ गते र ढिलोमा फागुन १५ तय गरिएको थियो।  

कम्पनीले प्रति कित्ता १ सय अंकित मुल्यमा ४०१  प्रिमियम थप गरि प्रति कित्ता ५०१ रुपैयाँका दरले ४० लाख ८१ हजार कित्ता नयाँ सेयर निष्काशन बिक्रि खुला गरेको हो। अहिलेसम्म १ अर्ब ५० करोड रुपैयाँ बराबरको आबेदन परेको बीपीसीका वित्त विभागका भाइसप्रेसिडेन्ट राधेश्याम श्रेष्ठले बिजपाटिलाई जानकारी दिए ।

सर्वसाधारण लगानीकर्ताबाट माग अनुसार पर्याप्त आबेदन नपरेपछि माघ २६ गतेदेखि संस्थागत लगानीकर्तालाई समेत आबेदन खुला गरिएको थियो । एकातर्फ दोस्रो बजारमा बुटवल पावरको सेयर मुल्य घटेपछि सर्वसाधारणले एफपीओमा कम आकर्षण देखिएको हो भने अर्को तर्फ अधिकांश लगानीकर्ताले १० कित्ताका लागि मात्र आबेदन दिएकाले बुटवल पावरको एफपीओमा निष्काशन गरिएको भन्दा कम आबेदन परेको हो।

इच्छुकले न्युनतम १० कित्ता अर्थात ५ हजार १ सय रुपैयाँ बराबरको र अधिकतम २० हजार ४०० अर्थात १ करोड २ लाख २० हजार ४०० रुपैयाँको आबेदन दिन सक्नेछन।

एफपीओ बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी २ अर्ब २१ करोड नाघ्नेछ। हाल कम्पनीको चुक्ता पुंजी डेढ अर्ब रहेको छ। कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ७ करोड २२ लाख खुद मुनाफा गरेको छ।      

त्यस्तै कम्पनीले एफपीओ निष्काशनका लागि इक्रा नेपालबाट ग्रेड ३ पाएको छ। ग्रेड ३ पाउनुले एफपीओ बिक्रि खुला गरेको बुटवल पावरको   वित्तीय अवस्था औषत भएको देखाउंछ। हिजो सोमबारको अन्तिम कारोबारको दिन बुटवल पावरको सेयर प्रति कित्ता ५३४ रुपैयाँमा कारोबार भएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved