तारागाउँ रिजेन्सी होटलको साधारणसभा चैत १२ मा, लाभांश प्रस्ताव पेश हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 27, 2018 | 01:00:19 PM मा प्रकाशित

laxmi  sunrise bank

तारागाउँ रिजेन्सी होटलले आगामी चैत १२ गते साधारणसभा डाकेको छ ।  कम्पनीले त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा विहान ११ बजे २१ औ बार्षिक साधारण सभा आह्वान गरेको हो ।

साधारण सभामा कम्पनीको ७.३७ प्रतिशत नगद लाभांश प्रस्ताव पेश हुनेछ  । प्रस्तावित लाभांश कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।

फागुन १६ गतेसम्म कायम शेयरधनीले साधारणसभामाभाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् । 

कम्पनीको पुस २ गते सम्पन्न बैठकले गत आवको कमाईबाट  ७.३७ प्रतिशत अर्थात  १४ करोड पाँच लाख ५५ हजार ७८६ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे । कम्पनीले गत आवमा २८ करोड सात लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँ रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved