घटेको बजारमा विकास बैंकको शेयर किन्ने हो ? जान्नुहोस विकास बैंकहरुको पुंजी र वित्तीय अवस्था

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 04, 2018 | 09:19:51 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी पुर्याउन बैंक वित्तीय संस्थालाई हम्मे हम्मे परेको छ। सबै वर्गका बैंकको पूँजी वृद्धिको निर्देशन पश्चात तोकिएको अवधिसम्म सबैले पूँजी वृद्धि पुरा गरिसकेका छैनन। 

वाणिज्य बैंक समेत पूँजी पुर्याउने क्रममा चुक्दै गएको अवस्थामा 'जेठो मामाको त भाङ्ग्राको धोति कान्छो मामाको के गति' भने झैँ क्षेत्रीयस्तरका विकास बैंक पनि उही पारामा रहेका छन्। 

तैपनि आफ्नो अस्तित्व कायम राख्न अनेक गरेर भएपनि पूँजी पुर्याउने जोडबल गरिरहेका छन। पूँजी पुर्याउने लक्ष पुरा गर्ने खेलमा सामेल हुनु भन्दा विलयमा गाभिने बाटो रोज्ने बैंकहरु पनि धेरै भेटिएका छन।

राष्ट्र बैंकले पुंजी वृद्धि नीति लिएपछि विकास बैंकहरुको अवस्था के छ भन्नेबारे लगानीकर्ताको चाँसोलाई सम्बोधन गर्न बिजपाटि डटकमले यो रिपोर्ट तयार पारेको हो। प्रस्तुत छ क्षेत्रीयस्तरका विकास बैंकको समिक्षा:    

कुन बैंक कुनमा गाभिए वा बिलय भए 



हालसम्म तोकिएको पूँजी पुर्याएर तत् तत् स्थानमा रहने गरि अघि बढेका क्षेत्रीयस्तरका बैंकको स्थिति तालिकामा देखाईएको छ। 


पुग्ने र नपुग्ने 

पुष मसान्तसम्म ६ वटाले पूँजी पुर्याएका छन् भने बाँकी रहेका ९ वटा मध्ये सहारा देवमा र माउण्ट मकालु काबेलीमा विलय हुने क्रममा रहेको छ। वेस्टर्नले नमस्ते वित्तीय संस्थालाई गाभ्ने चरणमा रहेको छ ्रभने ग्रीनले ४०० प्रतिशत हकप्रद जारी गरिरहेकोले सो बाँडफाँड पश्चात पूँजी पुग्नेछ 

बाँकी रहेकाले पनि बोनस जारी गरि पूँजी पुर्याउने हैसियत राख्छन। केन्द्रीय बैंकले ४ जिल्लासम्म कार्यक्षेत्र रहेका यस्ता विकास बैंकलाई समय थप गरिदिएकोले सहजै पूँजी पुग्ने स्थिति देखिएको हो। कर्पोरेट र नारायणी विकास बैंक भने समस्याग्रस्त भएर बसेका छन्।   

निक्षेप र लगानी 

एक्सेल ४ अर्ब ४८ करोड र सहारा ४१ करोड निक्षेप सहित अन्तिम लहरमा रहेका छन। ४ अर्बभन्दा बढी निक्षेप भएका एक्सेल र तिनाउ मात्र रहेका छन। सहयोगी, कन्चन, मितेरी र मिसनसँग ३ अर्बभन्दा बढी रहेको छ। यता वेस्टर्न, पूर्णिमा र भार्गवसँग २ अर्ब ५० करोड भन्दा बढी निक्षेप छ। त्यस्तै वेस्टर्नको ३ अर्ब पुग्न २ करोड मात्र बाँकी छ भने नेपाल कम्युनिटी, सिन्धु, कन्काई, हाम्रो, सप्तकोशीसँग १ अर्बदेखि २ अर्ब निक्षेप रहेको छ।  

एक जिल्ला मात्र कार्यक्षेत्र रहेको र हाल देवसँग विलय हुन लागेको सहारासँग ४१ करोड निक्षेप रहेको छ। कार्यक्षेत्र र पूँजीको हिसाबले सहराको निक्षेप तुलनात्मकरुपमा कम हैन। क्षेत्रीयस्तर बैंकहरुसँग ३७ अर्व निक्षेप र औसत २ अर्व ५० करोड रहेको छ। 

४ अर्ब लगानी गरेर एक्सेल पहिलो स्थानमा रहेको छ भने ३ अर्ब ५२ करोड लगानी गरेर दोश्रो स्थान तिनाउले लिएको छ । कन्चन, सहयोगी र मिसनको लगभग बराबर लगानी गरेका छन। 

त्यसपछि क्रमशः मितेरी, वेस्टर्न, पूर्णिमा भार्गव, नेपाल कम्युनिटी, सिन्धु, हाम्रो, कन्काई, सप्तकोशी र सहारा रहेका छन्। कुल ३२ अर्ब लगानी गरेको देख्न सकिन्छ। औसत लगानी २ अर्ब १६ करोड रहेको छ। 

सूचकहरुको स्थिति  

थोरै लागत मूल्य पर्ने बैंकमा एक्सेल रहेको छ। यसको औसतमा ५ दशमलव ४५ प्रतिशत तिरेको देखिन्छ। सप्तकोशी, सिन्धु, र कन्काईले ६ प्रतिशत भन्दा बढी तिरेका छन् । ७ देखि ८ प्रतिशत लागत तिर्ने बैंकमा वेस्टर्न, पूर्णिमा, सहयोगी, कन्चन र नेपाल कम्युनिटी परेका छन। ८ प्रतिशत भन्दा बढी लागत तिर्नेमा भार्गव, तिनाउ, हाम्रो, मिसन, मितेरी र सहारा रहेको छ ्र औसत लागत मूल्य ७ दशमलव ६८ प्रतिशत रहेको छ।

आधार दर थोरै हुनेमा एक्सेल नै अगाडि रहेको छ। यसले ९ दशमलव ५४ प्रतिशतलाई आधार मानी लगानी गर्छ। १० देखि ११ प्रतिशत आधार दर हुने पूर्णिमा र सहयोगी हुन। ११ देखि १२ प्रतिशत आधार दर हुने तिनाउ र सिन्धु हुन। १२ प्रतिशत भन्दा माथि आधार दर हुने कन्चन, सप्तकोशी, भार्गव, कन्काई, मितेरी, नेपाल कम्युनिटी, हाम्रो र मिसन हुन्। आधार दर नखुलाउने सहारा र वेस्टर्न हुन। आधार खुलाएकाहरुको औसत आधार दर १० दशमलव ८ प्रतिशत रहेको छ।

देवमा विलय हुन लागेको सहाराले १ दशमलव ९३ स्प्रेड देखाएको छ। भार्गव, कन्चन र हाम्रोले स्प्रेड उल्लेख गरेका छैनन्। वेस्टर्न, तिनाउ र पूर्णिमाले ५ देखि ६ प्रतिशत स्प्रेड लिएका छन्। ६ देखि ७ प्रतिशत स्प्रेड लिनेमा मिसन, सिन्धु, सहयोगी रहेको छ। ७ देखि ८ प्रतिशत लिनेमा नेपाल कम्युनिटी, मितेरी र एक्सेल रहेका छन। ८ प्रतिशत भन्दा बढी स्प्रेड लिनेमा कन्काई र सप्तकोशी रहेका छन। स्प्रेड उल्लेख गर्नेहरुको औसत दर ६ दशमलव ४३ प्रतिशत रहेको छ।

तिनाउ १४ दशमलव ८९ प्रतिशत पूँजीकोष सहित १५ वटा मध्ये न्यून विन्दुमा रहेको छ भने सप्तकोशीको अधिक ४१ दशमलव ३९ प्रतिशत रहेको छ। औसतमा पूँजीकोष २४ दशमलव २४ प्रतिशत रहेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved